KFGVRFI34

श्रीमतीले जहिलै चाउचाउ मात्रै खुवाएको आरोपमा सम्बन्धविच्छेद

0

भारतमा चाउचाउकै विषयलाई लिएर एक व्यक्तिले श्रीमतिविरुद्ध सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन्। दैनिक खानामा चाउचाउ मात्रै दिएपछि उनले श्रीमतीविरुद्ध सो कदम चालेको एउटा अदालतका न्यायाधीशले बताएका छन्। श्रीमतीले ब्रेकफास्ट, लन्च र डिनरमै चाउचाउ बनाउँथिन्। श्रीमतीलाई चाउचाउबाहेक अरु केही पकाउन नजान्दा श्रीमान निराश भएका थिए। त्यसपछि आपसी सहमतिमा दम्पती अलग भएका थिए। ‘दम्पतीले सम्बन्धविच्छेद गर्नुअघि कम्तिमा एक वर्ष सँगै बस्नुपर्ने हुन्छ । त्यस्तो कानून नभएको भए विवाह हलबाट सम्बन्ध विच्छेदको निवेदन पर्दथ्यो’, न्यायाधीश एम एल रघुनाथको भनाई उद्धृत गर्दै द न्यु इन्डियन एक्सप्रेसले जनाएको छ। मुद्दा चलेको समयावधि र सो घटनामा संलग्न दम्पतीको नाम उल्लेख गरिएको छैन।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34