KFGVRFI34

छोरा बुहारी भेट्न र नातीको मुख हेर्न जापान पुगेका बुवाआमाको दुःखद निधन

0

जापानमा छोरा बुहारीलाई भेट्न र भर्खरै जन्मिएका नातीको मुख हेर्न नेपालबाट जापान पुगेका बुवा र आमाको एउटै सवारी दुर्घटनामा परेर दुःखद निधन भएको छ ।

निधन हुनेमा रुकुम पश्चिमका बिष्ट दम्पत्ती रहनुभएको छ । ओकिनावा बस्दै आएका भुपाल बिष्टको आमा बुवाको शनिवार साँझ भएको कारको ठक्करबाट निधन भएको हो ।

साँझ ५:३० बजे उरासो सहरको मियागीमा रहेको जिनोवान सिटी स्ट्याच्यु राष्ट्रिय रुट ५८ बाट ट्राफिक लाइट भएको ठाउँमा हिड्दै गर्दा कारले ठक्कर दिँदा दुर्घटना भएको थियो । तत्काल उद्वारगरी अस्पताल लगिएपनि उहाँहरुको राती ८ बजे निधन भएको चिकित्सकहरुले बताएका थिए ।

दुबै जना बिष्ट दम्पत्ती २ महिना अघी जापान पुगेका थिए ।

पुल निर्माणका कारण मियागी चोक नजिकै सडकमा अस्थायी पैदल यात्रु पदयात्रा बनाइएको थियो, सवारीसाधनको अगाडिको भाग रोकिएको थियो ।

दुर्घटनाको कारणबारे उरासो प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34