KFGVRFI34

माघ महिनाको दोस्रो हप्त्ता कुल पूँजीकरण करीब ३४ करोड,

0

नेपालको धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ३४ खर्ब नजिक पुगेको छ । गत साताको अन्तिम कारोबार दिन धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ३३ खर्ब ८६ अर्ब ३ करोड रूपैयाँभन्दा बढी कायम भएको हो । अघिल्लो साताको तुलनामा गत साता कुल बजार पूँजीकरण १ खर्ब ४ अर्ब ९६ करोड रूपैयाँले बढेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ३२ खर्ब ८१ अर्ब ७ करोड रूपैयाँभन्दा बढी रहेको थियो ।

बजारमा उतारचढाब कायम रहेपनि कारोबार रकम भने बढ्दो क्रममा रहेको छ । पछिल्लो कारोबार दिन दैनिक ९ अर्ब ७६ करोड रूपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको हो । माघ ३ गते बुधवार भएको उक्त कारोबार रकम पछिल्लो २९ महिना यताकै उच्च रहेको हो ।

बजारले गति लिएर अघि बढ्ने संकेत गरेसँगै यो क्षेत्रमा लगानी बढेको देखिन्छ । नयाँ लगानीकर्ताको प्रवेश दोस्रो बजारमा बढीरहेको जानकारी ब्रोकरहरूले दिएको आधारमा आगामी दिनमा बजारमा उत्साह थपिने अपेक्षा गर्न सकिन्छ । छोटो समयमै २ लाखभन्दा बढी लगानीकर्ता दोस्रो बजारमा भित्रिएको जानकारी समेत बजार सञ्चालकहरूले गराएका छन् । नयाँ ब्रोकरहरूको बजार प्रवेशसँगै नयाँ लगानीकर्ताहरूको संख्या बढ्दो क्रममा रहेको जानकारी बजार सञ्चालकले दिएको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34