KFGVRFI34

ग्लोबल आइएमई बैंकले कमायो दुई अर्ब मुनाफा, हेरौं अन्य सूचांक

0

क बर्गको ग्लोबल आइएमई बैंकले चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित आज गरेको छ । वित्तीय विवरणले औल्याए अनुसार छ महिनाको अवधीमा बैंकले दुई अर्ब चार करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष इम्पेरमेन्ट चार्जका कारण मुनाफा २६ प्रतिशतले घटेर दुई अर्ब चार करोडमा सीमित हुन पुगेको छ ।

छ महिनामा बैंकको खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी उल्लेख्य बृद्धि भएको आज प्रकाशित वित्तीय विवरणमा औल्याइएको छ । गत आवको तुलनामा बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशतले बृद्धि हुँदा कमिशन तथा फि आम्दानी ४४.५४ प्रतिशत बढेको देखिएको छ ।

ग्लोबल आइएमई बैंकको कुल सञ्चालन आम्दानी ३९.२२ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.९२ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ । जसका कारण इम्पेरमेन्ट चार्ज १ अर्ब १२ करोडबाट बढेर ४ अर्ब १३ करोड पुगेको छ । बैंकको मुनाफा हालका लागि घटेको देखिए पनि खराब कर्जा भुक्तानी हुँदा राईट ब्याक भई पुनः बृद्धि हुनेछ ।

ग्लोबल आइएमई बैंककोअवधिमा बैंकको प्रति शेयर आम्दानी ११ रुपैयाँ ३१ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १८.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा रहेको छ । बैंकको चुक्ता पुजि ३६ अर्ब १२ करोड र जगेडा कोषमा २० अर्ब रुपैयाँ संचिती रहेको छ । समीक्षा अवधीमा बैंकले कूल चार खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34