KFGVRFI34

रवि मुछिएको सहकारी ठगीको फाइल खोल्यो सीआईबीले, के कारबाई होला त …??

0

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएको सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फाइल खोलेको छ ।

सहकारीका अध्यक्ष जीबी भनिने गितेन्द्रबाबु राईविरुद्ध परेका सबै उजुरीसम्बन्धी फाइल सीआईबीले गएको साता झिकाएको थियो । ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट कागजात झिकाइएको बताएका छन् ।

सीआईबीको पत्रपछि जिल्लाले ती फाइल गएको हप्ता नै पठाएको बताइएको छ । सीआईबीले सबै जिल्लाबाट झिकाइएका फाइल अध्ययन गरिरहेको प्रवक्ता अधिकारीले बताएका छन् ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको फाइल, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको फाइल, चितवनको साहारा सहकारीको फाइल र पर्सा, रुपन्देही, काठमाडौं लगायतका जिल्लाबाट उजुरीसम्बन्धी कागजात झिाइएको सीआईबीले जनाएको छ । जीबी राईका नाममा विभिन्न सहकारी सञ्चालनमा छन् ।

ग्यालेक्सी टेलिभिजनको म्यानेजिङ डाइरेक्टर भएका बेला सहकारीको रहम हिनामिना गरेकोभन्दै पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछाने यसमा मुछिएका हुन् । उनीविरुद्ध सहकारी विभागमा समेत उजुरी परेको छ । सहकारी विभागले समेत यस विषयमा कारबाही अघि बढाएको बताइएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34