KFGVRFI34

विदेशमा रहेका नेपालीहरूले भोट हाल्न पाउने व्यवस्था- रवि लामिछाने

0

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमतको सरकार बनाउने दाबी गरेका छन्।

भारतको नयाँ दिल्लीमा पार्टीको प्रवास विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आउने निर्वाचनमा रास्वपाले आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउने बताएका हुन्।

उनले केही मानिसहरू आशाको दियो फुकेर निभाउन लागेपनि तिनिहरूबाट दियो निभ्न नदिन आफूले भरमग्धुर प्रयास गरिरहेको बताए।

विदेशमा रहेका नेपालीहरूले भोट हाल्न पाउने व्यवस्था गर्न रास्वपा सुरूदेखि नै लागिपरेको बताउँदै लामिछानेले अहिलेको सरकारबाट त्यसमा विश्वस्त हुने अवस्था नरहेको बताए।

उनले आगामी निर्वाचनमा विदेशमा रहेकाहरूलाई पनि भोट हाल्ने अधिकार दिए रास्वपाले धेरै मत पाउने डर सरकारमा रहेका दल लगायतका पुराना दलहरूलाई रहेको बताए।

‘यदी मताधिकार विदेशमा भएका मान्छेहरूलाई दिने हो भने रास्वपाले धेरै मत ल्याउँछ कि भनेर चलखेल हुनसक्छ। हामी साबधान हुनुपर्छ। सदन र सडकबाट यसका लागि आवाज उठाउनेछौं,’ उनले भने, ‘ हाम्रो अधिकारलाई कुण्ठित गर्न खोजियो र विदेशमा बसेर भोट हाल्न पाउने अधिकार दिन आनाकानी गरियो भने देशको भविष्य फेर्नका लागि एकपटक नेपाल जानैपर्छ। तयार रहनुहोला।’

उनले अब सबै दल मिलेपनि रास्वपालाई हराउन नसक्ने बताए।

‘गठबन्धन गरेर फेरि जित्छौं, हामी सबै मिल्यौं भने नयाँलाई हराइहाल्छौं भन्ने उनीहरूलाई विश्वास छ। सबै मिलेपनि रास्वपा र नयाँ शक्तिलाई कसैले हराउन सक्दैन। नेपाली जनता जागिसकेका छन्’ उनले भने।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34