KFGVRFI34

बढ्यो एचआइडीसीएलको नाफा, प्रतिसेयर आम्दानी कति ?

0

एचआईडिसिएल अर्थात हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार दोस्रो त्रैमाससम्म आइपुग्दा एचआइडीसीएलको खुद नाफा ११.४१ प्रतिशतले बढेर ७५ करोड २७ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ६७ करोड ५२ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा सञ्चालन आम्दानी १८१.६२ प्रतिशतले बढेर १ करोड २३ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा वित्तीय आम्दानी ४.६२ प्रतिशतले बढेर १ अर्ब ७ करोड ७५ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १४ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष २ करोड ११ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी २२ अर्ब ७७ करोड ५७ लाख ९९ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषमा १ अर्ब ८९ करोड ७ लाख ६० हजार रुपैयाँ छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २६ पैसाले बढेर ६ रुपैयाँ ६१ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ३० पैसा रहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34