KFGVRFI34

रास्वपाका सभापति रविको नाम लिएर मृतक एमालेका उपाध्यक्ष सुवास नेम्वाङ्गको परिवार र बैंकलाई धम्की

0

मृतक एमालेका उपाध्यक्ष सुवास नेम्वाङ्गको परिवार यतिबेला बैंकको ग्यारेण्टीको समस्यामा परेको छ । उनले विसं २०७३ मा नेम्वाङ्गले एक जना व्यवसायीलाई उद्यम गर्न दिएको वैंक ग्यारेण्टी दिएका थिए ।

नेम्वाङ्गको घर जग्गाधितो राखेर नेपाल वैंकबाट विसं २०७३ मा १ करोड ५० लाख रुपैंया लिएका झापाका रुद्र गिरीले पैसा तिर्नुको साटो ‘राष्ट्रिय स्वतन्त्र पार्टीको नेता हुँ, धेरै कुरा गरे ठेगान लगाइदिन्छु’भन्दै वैंकका अधिकारीहरु र नेम्वाङ्गको परिवारलाई समेत धम्काइरहेका छन् ।

विगतमा एलोभेरा र स्टेभियाबाट करोडौंको आम्दानी हुने भन्दै चितवन लगायत देशका हजारौं किसानलाई ठगी गरेपछि केही वर्ष जेल परेका थिए । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि सो पार्टीमा लागेका गिरी गत आम निर्वाचनमा झापा क्षेत्र नं २ बाट चुनाव लडेका थिए । जहाँ उनले ५ हजार ७३८ मत ल्याएका थिए, सो क्षेत्रबाट हाल सभामुख रहेका एमाले उम्मेद्वार देवराज घिमिरे २८ हजार ७१६ मत ल्याइ विजय भएका थिए । गिरीलाई मत माग्न लामिछाने पनि झापा पुगेका थिए ।

गिरीले ठगी काण्डमा २०७५ मा आफू जेल पर्नु अगाडी नै पाम फुड्स एण्ड वेभरेज टेक्नोलोजी प्राली को लागि पूर्वसभामुख स्व. नेम्वाङको जग्गाधितो राखेर लिएको ऋण असुलीका लागि पटकपटक ताकेतागर्दा पनि कर्जा चुक्ता नभए पछि बैंकले माघ ५ गतधितो लिलामीको सूचना निकालेको छ ।गिरीको कारण आफूहरुको पैत्रिक घर जग्गा नै लिलामी हुने भए पछि नेम्वाङ्ग परिवारले गिरीसँग हिसाब किताब मिलाइदिन अनुरोध गरेको थियो । तर, गिरीले ‘जे सक्छौ गर, मलाई बचाउने रविदाई छन्’ भन्दै उल्टै धम्कि दिने गरेको नेम्वाङ परिवारका सदस्यहरु बताउँछन् । गिरीले कर्जा असुलीको लागि ताकेता गर्ने वैंकका अधिकारीहरुलाई ‘रविको मान्छे हुँ’भन्दै धम्काउने गरेको बताइएको छ ।

बैंकका अनुसार पाम फुड्स एण्ड वेभरेज टेक्नोलोजी प्रालिका सञ्चालक देव कुमारी लिम्बु (सुवास नेम्वाङको भाई बुहारी) र रुद्रप्रसाद (काजिमान)गिरीले नेम्वाङको नाममा इलाम नगरपालिका–२ (क)मा रहेको २४६ कित्ता नम्बरको ६ रोपनी जग्गा धितो राखेर २०७३ जेठ र चैत्रमा गरी डेढ करोड रुपैयाँ ऋण लिएका थिए ।

त्यसको व्याज मात्रै ८० लाख रुपैयाँभन्दा धेरै पुगिसकेको छ ।
नेम्वाङको परिवारका सदस्यहरुका अनुसार गिरीले इलाम जिल्लामै नमुना कृषि उद्योग संचालन गर्ने र आफू प्रायःझापा र काठमाण्डौतिर बस्ने भएकोले उद्योगको खास जिम्मेवारी सुवासका परिवारमै रहने भन्दै धितो राख्नको लागि नेम्वाङ्ग परिवारलाई सहमत बनाएका थिए । तर, उद्योग खोल्ने भनेर शुरु शुरुमा काम गरे जस्तो गरे पनि वैंकबाट पैसा आएपछि भने उनी नेम्वाङ परिवारसंग टाढिदैं गएका थिए । वैंकबाट ऋण निकालेपछि गिरीले न त त्यो पैसा नेम्वाङ्ग परिवारलाई दिए, न त उद्योग नै खोले । बरु इलाम जानै छोडिदिए ।
आफ्नो घर जग्गा धितो राखेर पैसा निकालेर गिरी वेपत्ता भएपछि नेम्वाङले पटक पटक भेटन खोजेका थिए । तर, गिरीले नेम्वाङ्गलाई समेत भेटेनन्,न त किस्ता नै तिरे । जसको समस्यामा उनको परिवार परेका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34