KFGVRFI34

फेरि पनि इलन मस्क नै १ नम्बरमा ,एकैदिनमा ५ बिलियन बढ्योले बिरिद्दी,

0

शीर्ष स्थानबाट दोस्रो स्थानमा झरेका अमेरिकी धनाढ्य एलन मस्क,फेरी विश्वकै सबैभन्दा धनी व्यक्तिको शीर्ष स्थान लिन सफल भएका छन्

फ्रान्सेली अर्बपति तथा एलभिएमएचका सीइओ बर्नार्ड अरनाल्ट विश्वकै धनी व्यक्ति बनेपछि सबैभन्दा धनीको विरासत गुमाएको एक दिन नवित्दै मस्क विश्वकै धनीको सूचीमा शीर्ष स्थानमा फर्किएका हुन् ।

टेस्लाको सेयर गिरावटका कारण सम्पत्तिमा कमी आउँदा दोस्रोमा धकेलिएका मस्क फेरि टेस्ला र स्पेस एक्सको सम्पत्तिमा एकैदिन ५ दशमलव ५ बिलियन अर्थात २ दशमलव ६८ प्रतिशत सम्पत्ति बढोत्तरी भएपछि विश्वकै धनी बनेका हुन् । फोर्ब्सको रियल टाइम बिल्यनियर्स सूचीकाअनुसार मस्कको सम्पत्ति २ सय १० दशमलव २ बिलियन डलर रहेको छ ।

जबकी यसअघि मस्कलाई उछिनेका फ्रान्सेली अर्बपति अरनाल्टको नेटवर्थ २०८ दशमलव ५ बिलियन अमेरिकी डलर रहेको छ । जबकी उनको सम्पत्ति ०.४० प्रतिशत अर्थात ८ सय ८७ मिलियन अमेरिकी डलरले मात्रै वृद्धि भएको छ । त्यस्तै, तेस्रो स्थानमा रहेका अमेजोनका मालिक जेफ बेजोसको सम्पत्ति १८३ दशलमव ४ बिलियन अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ ।

यो सूचीको पााचो नमबरमा फेसबुकका मालिक मार्क जुकरर्बग रहेका छन् । उनको कुल सम्पत्ति १ सय ४१ द्यशलमव ५ बिलियन डलर रहेको छ । उनको सम्पत्ति २ दशलमव ४ बिलियन डलर बृद्धि भएको छ । लामो समयावधिसम्म विश्वकै सबैभन्दा धनी बनेका विल गेट्स भने धनाढ्यको सूचीमा आठौं स्थानमा छन् ।

उनको सम्पत्ति १ सय २३ दशमलव ७ बिलियन डलर रहेको छ । धनाढ्यको सूचीको ११ औं नम्बरमा भने छिमेकी देश भारतका अर्बपति व्यवसायी मुकेश अम्बानी रहेका छन् । उनको सम्पत्ति १०९.५ बिलियन अमेरिकी डलर रहेको छ ।

गत वर्षको तुलनामा उनको सम्पत्ति ४.८७ प्रतिशत अर्थात ५.१ बिलियन अमेरिकी डलर वृद्धि भएको छ । केही समयअघि अम्बानीलाई पछि पारेका अर्का भारतीय धनाढ्य भने यो सूचीमा सोहौं स्थानमा छन् । उनको कुल सम्पत्ति ७८ दशलमव ४ बिलियन अमेरिकी डलर रहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34