KFGVRFI34

आईसीसी यू-१९ विश्वकप:छिमेकि मुलुक भारत सग हुदैछ हेर्न नबिर्सनु होला ,

0

ईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा आज नेपालले छिमेकी टोली भारतसँग खेल्दैछ ।

दक्षिण अफ्रिकामा जारी खेल नेपाली समयअनुसार दिउँसो १ः४५ मा हुनेछ ।

नेपाल सुपर सिक्सका खेल खेल्नुअगावै सेमिफाइनल दौडबाट बाहिरिएको छ । नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो भने भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत रनरेटको आधारमा सेमिफाइनल खेल्न पाउनेछन् ।

नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । अर्जुन कुमालले पहिलो खेलमा न्युजिल्यान्डसँग ९० रन बनाएका थिए । त्यसपछि पाकिस्तानसँग ६, अफगानिस्तानसँग १० र बंगलादेशसँग १४ रनमा आउट भएका थिए ।

विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएको छ । दुबै खेलमा नेपालले हारेको छ । नेपाल सन् २००० मा ८ विकेट र २०१६ मा ७ विकेटले पराजित भएको थियो ।

नेपालले आफ्नो इतिहासमा भारतलाई एकपटक मात्रै हराएको छ । दीपेन्द्रसिंह ऐरीको ८८ रन र ४ विकेटको सहयोगमा नेपालले २०१७ को यू–१९ एसिया कपमा भारतलाई १९ रनले हराएको थियो ।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34