KFGVRFI34

आज माघ २२ गते को मौसम सम्बन्धी पुर्बनुमान जानकारी एस्तो छ …..!

0

केही दिन यतादेखि तराई क्षेत्रमा देखिएको बाक्लो हुस्सु बिस्तारै हराउदै गएको छ। हिजाे आईतवारकाे हल्का बर्षाले अहिले बिहान केहि चिसाे भएकाे छ ।

अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदलीको अवस्था रहेको माैसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ।

 

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा तथा देशका बाँकी भू- भागको मौसम मुख्यतया सफा रहेको छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले बताएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । यस्तै उच्च  पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राति पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमप्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमाछिटपुट देखि हल्का वर्षाको सम्भावना रहेकोमहाशाखाले बताएको छ । उच्च पहाडी तथाहिमाली भू-भागको थोरै स्थानहरूमा हल्काहिमपातको सम्भावना रहेको पनि महाशाखालेपूर्वानुमान गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34