KFGVRFI34

आफूले आएर काम गरेपछि शेयर मार्केट १८ सयबाट २१ सय भन्दा माथि पुगेको दाबी -अर्थमन्त्री महत

0

इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को प्रथम वार्षिकोत्सवका अवसरमा बोल्दै ,

अर्थमन्त्री डा. प्रकाशशरण महतले   मुलुकको अर्थतन्त्र सही बाटोमा  फर्किएको  बताएका छन् । थप उनले भनेका छन् समग्रमा अहिले देशको अर्थतन्त्र लयमा फर्किरहेको छ ।  नेपालमा अन्य देशहरुले पनि लगानी गर्न खोजेका छन् , व्यापार ब्यबसाय गर्ने सहि मौका येही हो ,

अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनेहरुका लागि केही सहज भएको अर्थमन्त्री महत ले बताए ,

ऋणीहरुले ऋण तिर्नुपर्छ महतले भने,  ‘माफी गर्नसक्ने देशको आर्थिक श्रोतले भ्याउदैन  । केही मानिसहरु राजनीतिक निहीत उद्देश्य लिएर तिर्नुपर्दैन भन्दै आन्दोलन गरिरहेको भन्दै यस्तो प्रवृत्तिको पछि लाग्नु  राम्रो होइन ।

सबै क्षेत्रको सामूहिक प्रयासबाट मात्र अर्थतन्त्रले गति लिने महत भनाइ छ  । “हामीसँग पुँजी छ, तर खर्च गर्न समस्या भएको छ, आगामी दिनमा खर्च पनि बढ्छ” उनले भने । अर्थमन्त्री महतले आफूले आएर काम गरेपछि शेयर मार्केट १८ सयबाट  २१ सय भन्दा माथि पुगेको दाबीका छन्  ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34