KFGVRFI34

नेपाल राष्ट्र बैंकले आज २०८० माघ २५ बिहीबारको विनिमयदर तोकेको छ ।

0

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस् | Online Nepal

बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०६ पैसामा कारोबार भएको छ । यो मूल्य बुधबारको तुलनामा १४ पैसाले घटेको हो । बुधबार यसको खरिददर १३२ रूपैयाँ ६० पैसा र बिक्रीदर १३३ रूपैयाँ २० पैसामा कारोबार भएको थियो ।

युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रूपैयाँ २९ पैसा , हिजो  बुधबार युरोको खरिददर १४२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रूपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

बेलायती  पाउण्ड सटर्लिङ एकको खरिददर १६७ रूपैयाँ ३२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०७ पैसा कायम भएको  छ । अष्ट्रेलियन डलर एकको खरिददर  ८६ रूपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ८७ पैसा ,तेस्तै  क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ २९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७३ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ९५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९९ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४९ पैसा,  दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९८ पैसा तथा बिक्री दर १० रुपैयाँ ०३ पैसा कायम भएको जनाएको छ  ।

यसैगरी, आज  बिहीबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४९ पैसा, अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३२ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रूपैयाँ २३ पैसा,  मलेसियन रिंगिट एकको खरिददर  २७ रूपैयाँ ८२ पैसा र बिक्रीदर २७ रूपैयाँ ९५ पैसा कायम गरेको छ ।  कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ १८ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ९२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34