KFGVRFI34

फिल्म बनाउनका लागि निर्माताले पापड पेल्नुपर्नेछ । ‘हात बाँधेर पौडी खेल्न’ पठाए जस्तै हुने ,

0

         चलचित्र जाँच पास समितिले ल्याउन लागेको नयाँ कार्यविधि जस्ताको जस्तै पास भएको खण्डमा नेपाली फिल्म बनाउन अब सहज नहुने निश्चित छ । फिल्मलाई विभिन्न प्रमाणपत्र दिएर पनि सरकारले २० बुँदाको कार्यविधि तयार गर्दै चरम निरङ्कुशता लाद्ने तयारी गरेको छ । यदि, २० बुँदा जस्ताको जस्तै पारित भएको खण्डमा फिल्म बनाउनका लागि निर्माताले सारै दुख कस्ट झेल्नु पर्ने छ ।

सरकारले ल्याउन लागेको कार्यविधि संसदको नयाँ सत्रबाट पास गर्ने तयारी गरिएको छ । तर, यसको चर्को विरोध हुन थालेको छ । सरकारले ल्याउन लागेको नयाँ कार्यविधि पास भएको खण्डमा फिल्म बनाउन सहज नहुने र सरकारले चरम तानाशाह प्रवृत्ति लाद्न खोजेको भन्दै चर्को विरोध भइरहेको छ । विशेषगरि, ‘इजाजत पत्र नै जारी नहुने’ प्रावधानमा फिल्मीकर्मीले चर्को विरोध गरेको छ ।

सरकारले ल्याउन लागेको ‘नयाँ कार्यविधिको मस्यौदा’मा समावेश २० बुँदाहरू यस प्रकार छन्

१. नेपालको शान्ति, सुरक्षा र व्यवस्थामा खलल पुर्याएमा ।

२. मित्रराष्ट्रसँगको सुसम्बन्धमा नकारात्मक असर परेमा ।

३. कानुनको गलत व्याख्या गरी वा अदालतको अपहेलना र मानमर्दन गरेमा ।

४. जाति, धर्म, वर्ग, लिंग, वर्ण, समुदाय, सम्प्रदायबीच नकारात्मक असर पारेमा, धार्मिक, सांस्कृतिक, सामाजिक विचलन ल्याएमा ।

५. राष्ट्रिय हितविपरित दृश्य र संवाद भएमा ।

६. अपराध गर्न दुरुत्साहन गरेमा ।

७. व्यक्ति विशेष, पेसा, व्यवसायी, संस्थाप्रति मानमर्दन भएमा ।

८. बाल हिंसा, जघन्य अपराध, निर्दयी व्यवहार झल्केमा ।

९. पशुपन्छीमाथि निर्दयीपूर्ण जघन्य हिंसा गरिएको दृश्य भएमा ।

१०. शारीरिक, मानसिक अशक्तता भएकालाई होच्याउने, खिसी गर्ने, हिंसा गरिएको निर्दयीपूर्ण व्यवहार झल्काएमा ।

११. लागू पदार्थ तथा मद्यपानको लागि उत्साहित वा प्रेरित गरेमा ।

१२. मानवीय संवेदना गुम्ने किसिमका नग्नता, बलात्कार, सम्भोगका दृश्य, व्यवहार तथा नैतिकता प्रतिकूल हुने गरि प्रस्तुत गरेमा ।

१३. लैङ्गिक भेदभाव, महिलालाई होच्याइएका, आलोचना गरिएका दृश्य, संवाद भएमा ।

१४. द्धिअर्थी शब्द, दृश्य तथा संवाद भएमा ।

१५. खोज आविष्कारलाई हतोत्साही गर्ने, अवैज्ञानिक विषयवस्तुलाई प्रोत्साहित गर्ने, राष्ट्रिय स्वार्थविपरीतको सोच, व्यवहार प्रोत्साहित गरेमा ।

१६. शान्ति,, सुव्यवस्था र अमनचैनमा नकारात्मक असर परेमा ।

१७. मौलिक परम्परा, रीतिरिवाज, चालचलन, मूल्यमान्यता ह्रास आउने तथा सोको दुरुपयोग गरिएका दृश्य तथा संवाद समावेश भएमा ।

१८. यौन उत्तेजना बढाउने गरी ५ सेकेन्डभन्दा बढी गरिएको भद्दा चुम्बन, यौनजन्य अस्वाभाविक क्रियाकलाप एवं व्यवहार तथा पुरुष वा स्त्री जनेन्द्रीय प्रत्यक्ष वा पारदर्शी पोसाकबाट देखिने र त्यसलाई प्रयोग गरी यौन उत्तेजना बढाएमा ।

१९. मानवअधिकार उल्लंघन हुने गरी असह्य यातना देखाइएको पाइएमा ।

२०. राष्ट्रिय गान, चिन्ह, अलंकारको दुरुपयोग तथा इतिहास, भूगोल, राष्ट्रिय विभूति, सहिदहरुप्रति गलत व्याख्या गरिएमा

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34