KFGVRFI34

के पुनरावेदन अदालतले सन्दीप लामिछानेलाई न्याय देला ,या दोषी ? तपाइको विचार राख्नु होस् ,

0
 बलात्कारको मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन गर्ने तयारी थालेका छन्।जिल्ला अदालत काठमाडौंले फैसलाको पूर्णपाठ सार्वजनिक गरे लगत्तै सन्दीपका कानुन व्यवसायीले उच्च अदालत पाटनमा जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन गर्ने तयारी थालेका थिए।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार फैसलाको पूर्णपाठलाई अध्ययन गरेर उक्त फैसलामा भएका त्रुटिका आधार र सन्दीपले सफाइ पाउनुपर्ने नजिरहरु जम्मा गरेर पुनरावेदन गर्ने अन्तिम तयारीमा रहेको बताए।

‘हामी  उच्च अदालत जानका लागि अन्तिम तयारीमा छौं। जिल्लाको फैसला बदर हुनुपर्ने आधार र कारणका साथै नजिरहरुलाई लिएर केही दिनमै पुनरावेदन दर्ता गर्छौं,’ घिमिरेले भने, ‘जिल्लाले गरेका फैसलाहरुमा थुप्रै त्रुटि भएका कारण त्यसलाई बदर हुनुपर्ने र लामिछानेले सफाइ पाउनुपर्ने दाबी पेस हुन्छ।’

लामिछानेले गरेको दाबीकै आधारमा जिल्लाले युवती नाबालिग नभएको ठहर गरेकाले उनलाई दोषी ठहर गर्नु गलत हुने मुख्य दाबी उच्चमा गर्ने तयारी सन्दीप पक्षले गरेको छ। सन्दीप पक्षले उमेर पुगेका दुई युवा-युवतीका बीचमा भेट हुनु अनि शारीरिक सम्बन्ध राखेमा कानुनले बलत्कार नै हो भनी किटान नगर्ने दाबी गर्ने तयारी गरेको छ।

निवेदक पक्षले पुनरावेदनको तयारी गरेको छ भने जिल्ला सरकारी वकिल कार्यालयले पनि पुनरावेदनको तयारी गरेको छ। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले लामिछानेको मुद्दा पुनरावेदन जाने तयारी सुरु भएको बताए। उनले जिल्ला सरकारी वकिल कार्यालयले पुनरावेदनको मस्यौदा तयार गरिरहेको जानकारी दिए।

उनले मस्यौदा तयार भएपछि उच्च सरकारी वकिल कार्यालय पठाउने बताए। उच्च सरकारी वकिल कार्यालयका प्रमुख शंकर खत्रीले जिल्ला सरकारी वकिल कार्यालयबाट मस्यौदा पर्खेर बसेको बताए। जिल्लाबाट मस्यौदा प्राप्त भए लगत्तै पुनरावेदन गर्ने तयारीमा आफूहरु रहेको उनले बताए।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो।  जिल्ला अदालतले बुधबार सजाय निर्धारण गरेपछि क्यानले बिहीबार उनलाई निलम्बन गरेको हो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गर्दै अदालतको फैसला अनुसार सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जनाएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको पुस १३ गतेको इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो। अदालतले बुधबार सन्दीप विरुद्ध ८ वर्ष कैदसँगै ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।

सन्दीपले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर थियो।

 

 

 

 

 

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34