KFGVRFI34

कुन -कुन जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमीशन घट्यो त ?

0

गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ५ अर्ब ८१ करोड ८२ लाख रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएका थिए । गत आर्थिक बर्षको तुलनामा कम्पनीको अभिकर्ता कमीशन १.१२ प्रतिशतले बढेको हो ।

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०।०८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल संचालकमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ८८ करोड ३२ लाख ५८ हजार रुपैयाँ अभिकर्ता कमिशनमा खर्चिएका छन् ।

पछिल्लो समय नेपाल बीमा प्राधिकरणको झन्जटिलो परिक्षा प्रणाली र आर्थिक मन्दिको कारण अभिकर्ता कमिशन घटेको छ ,अभिकर्ता कमिशन सामान्य वृद्धि भएपनि ८ कम्पनीको कमिशन भने घटेको छ ।यसका साथै बीमा प्राधिकरणले लिने गरेको अनलाइन परिक्षा प्रणाली झन्झटिलो भएको कारण अभिकर्ताहरु पलायन भएका कारण यस्ता समस्या देखिएको हो।’

    कुन -कुन कम्पनीको अभिकर्ता कमीशन घट्यो त ?
दोस्रो त्रैमाससम्मको वित्तिय विवरणको आधारमा ८ कम्पनीको अभिकर्ता कमिशन घटेको हो । यस अवधिसम्ममा सिटिजन लाइफको अभिकर्ता कमीशन गत आर्थिक वर्षको तुलनामा १९.६१ प्रतिशतले घटेको छ ।

त्यस्तै, रिलायबल नेपालको अभिकर्ता कमिशन ११.८७ प्रतिशतले घटेको छ ,  नेपाल लाइफको ९.८० प्रतिशतले घटेर १४ करोड ९० लाख रुपैयाँ र आइएमई लाइफको ९.०१ प्रतिशतले घटेर २० करोड ४४ लाख रुपैयाँ रहेको छ ।

साथै, एशियन लाइफको ८.४५ प्रतिशतले घटेर ३२ करोड २१ लाख रुपैयाँ, हिमालयन लाइफको ८.०३ प्रतिशतले घटेर ६५ करोड ६३ लाख रुपैयाँ, एलआइसी नेपालको ७.१६ प्रतिशतले घटेर ६६ करोड ९ लाख रुपैयाँ र नेपाल लाइफको २.९८ प्रतिशतले घटेर १ अर्ब ४९ करोड २२ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्च भएको छ ।

यस त्रैमासमा अभिकर्ता कमिशनमा कुन बीमा कम्पनीले कति खर्चिए ?
जीवन बीमा कम्पनीहरुमध्ये सर्वाधिक कारोबार गर्ने नेपाल लाइफ रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ४९ करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

तेसपछि  नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले  ७६ करोड ७४ लाख रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएको छ ।

तेस्रोमा लाइफ इन्स्यारेनन्स कर्पोरेशन (नेपाल) रहेको छ। कम्पनीले यस अवधिसम्ममा ६६ करोड ९ लाख रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएको छ।

कम्पनीहरुले प्रकाशन गरेको तथ्यांक अनुसार- हिमालयन लाइफ ६५ करोड ६३ लाख रुपैयाँ, सूर्यज्योति लाइफ ३७ करोड ८५ लाख रुपैयाँ, एशियन लाइफ ३२ करोड २१ लाख रुपैयाँ, सानिमा रिलायन्स २८ करोड ७९लाख रुपैयाँ, सिटिजन लाइफ २७ करोड ५५ लाख रुपैयाँ, मेट लाइफ २३ करोड ९३ लाख रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

त्यस्तै, प्रभु महालक्ष्मीले २३ करोड ८ लाख रुपैयाँ, रिलायबल नेपालको २१ करोड ८६ लाख रुपैयाँ, आइएमई लाइफले २० करोड ४४ लाख रुपैयाँ र सन नेपाल लाइफले १४ करोड ९० लाख रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

कुन-कुन कम्पनीको बढ्यो ?
हाल संचालमा रहेका जीवन बीमा कम्पनीमध्ये पाँच कम्पनीको मात्रै अभिकर्ता कमीशन बढेको छ । अभिकर्ता कमीशन सर्वाधिक बढाउने कम्पनीमा सानिमा रिलायन्स रहेको छ । कम्पनीको अभिकर्ता कमीशन ९७.०५ प्रतिशतले बढेर २८ करोड ७९ लाख रुपैयाँ पुगेको हो ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको ५६.९३ प्रतिशत, सूर्यज्योति लाइफको ४६.८६ प्रतिशत, नेशनल लाइफको ३.७९ प्रतिशत र मेट लाइफको ३.२९ प्रतिशतले अभिकर्ता कमीशन बढेको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34