KFGVRFI34

कति कम्पनीका आईपीओ निष्काशन हुदै छ ,सर्वसाधारणका लागि,

0

 विभिन्न तिन कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर ( आईपीओ) निष्काशन गर्ने भएकाे छन् । स्वस्तिक लघुवित्त वित्तीय संस्था र कालिन्चोक हाइड्रोपावरले आईपीओ निष्काशनकाे अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

स्वस्तिक लघुवित्तले ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्मेन्ट बैंकिङले गर्नेछ ।

Introduction to IPO Investing - IPOs On TheStreet - U.S. IPO Research & Opinion

यस्तै, कालिन्चोक हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति मागेको हो ।

कम्पनीकाे आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ ।धितोपत्र बोर्डले अनुमति दिएपछि यी कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ ।

तेस्त्तै,  रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँको दरले ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले कुल ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँको आईपीओ जारी गर्नेछ । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेकाे छ । कम्पनीले यसअघि योग्य संस्थागत लगानीकर्ताहरुलाई बोलपत्र आह्वान गरेको थियो । योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको मूल्यका आधारमा सेयरको कट अफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ कायम भएको थियो ।

उक्त मूल्यमा १० प्रतिशत रकम घटाएर सर्वसाधारणलाई आईपीओ बिक्री गर्नुपर्ने व्यवस्था रहेका कारण कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँमा आइपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीकाे आईपीओ लगानीकर्ताले न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने छ । तसर्थ, रिलायन्स स्पिनिङको आइपीओ भर्न सर्वसाधारणले न्यूनतम ४१ हजार ४० रुपैयाँ छुट्याउनुपर्नेछ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34