KFGVRFI34

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरुद्ध अधिवक्ता युवराज पौडेल (सफल) ले दायर गरेको उजुरी, वास्तविकता या अरु केहि….?

0

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरुद्ध अधिवक्ता युवराज पौडेल (सफल) ले दायर गरेको उजुरी सर्वाेच्च अदालतले ‘अध्ययनको क्रममा रहेको’ भन्दै अझै दर्ता गरेको छैन, न त दरपीठ नै गरेको छ । यसैबीच सो मुद्दा फिर्ता लिनको लागि अधिकारीको तर्फबाट पौडेलसमक्ष प्रस्ताव गएको छभनी सफलले बताएका छन् तर यो कुरा अधिकारी तर्फ बाट कुनै कुराको पुस्टि भएको छैन  ।

       सफलले भने ‘ती व्यक्तिहरु आधिकारिक हुन कि होइनन्, मलाई थाहा छैन । तर केही व्यक्तिहरुले उक्त मुद्दा फिर्ता लिइदिनुस, त्यसको लागि के गर्नुपर्छ गरौंला भन्दै प्रस्ताव ल्याएका थिए । मैले ठाडै अस्विकार गरिदिएँ,’ सफलले  भने ।

आफूलाई विभिन्न आकर्षक प्रस्तावसहित मुद्दा फिर्ता लिन अनुरोध आए पनि गभर्नर अधिकारीको तर्फबाट अक्षम्य अपराध भएको र त्यो देशको समग्र हितको लागि दूरगामी नकारात्मक असर पार्ने खालको भएकोले जस्तो सुकै प्रस्ताव आएपनि आफूलाई फरक नपर्ने उनले बताए । ‘उहाँको जुन योग्यता छ, त्यस अनुसार उहाँ राष्ट्र बैंकको कार्यकारी निर्देशक हुन् पनि योग्य हुनु हुन्न । त्यस्तो मान्छे कसरी डेपुटी गभर्नर, लगानीबोर्डको कार्यकारी निर्देशक हुँदै गभर्नर जस्तो पदमा पुग्नु भो ?’ उनले प्रश्न गरे । त्यसरी अयोग्य व्यक्ति त्यति उच्च पदमा नियुक्ति पाएर गरेका निर्णयहरुले पारेका दूरगामी नकारात्मक असरहरुको विश्लेषण गर्ने हो भने त्यो निकै भयावह हुन सक्ने दावी उनको छ ।

सर्वाेच्चमा विचाराधीन रिटमा उनले गभर्नर अधिकारीले चार्टर्ड एकाउण्टेण्टको सर्टिफिकेट देखाएर नियुक्ति लिएका हरेक पदहरु गैर कानुनी भएकोले ती पदहरुमा रहँदा उनले बुझेको तलव, भत्तालगायत सम्पूर्ण सेवा सुविधा फिर्ता गर्न माग गरेका छन् ।

उनले अहिलेसम्म जे भयो, भयो, यदि गभर्नर अधिकारीमाथि कारवाही हुने हो भने कसैले पनि भविश्यमा गलत योग्यताको आधारमा नियुक्ति लिन आँट नगर्ने भएकोले यो मुद्धालाई सबैले गंभिरताका साथ लिनुपर्ने उनको भनाई छ । उनका अनुसार गभर्नर अधिकारीले चार्टर्ड एकाउण्टेसी पढेको र त्यो शैक्षिक योग्यता होइन । इन्स्टिच्यूटको कार्डलाई गाडीले त मान्यता दिँदैन र त्यस्ता विद्यार्थीहरुले गाडी भाडामा छुट पाउँदैनन् भने कुनै शैक्षिक संस्थाले मान्यता दिन्छ ? भन्ने प्रश्नगर्दै गभर्नर अधिकारीले राजनीतिक र प्रशासनिक तथा कानुनी पहुँचको आधारमा उनको चार्टर्ड एकाउण्टेन्सीको पढाइलाई स्नातोकोत्तर बराबर भएको भनेर जर्वजस्ती परिभाषित गरेकोले उनी कारवाहीमा पर्नबाट जोगिरहेको दावी गरे,

‘उहाँले हिजोको दिनमा अख्तियारलाई प्रभाव पार्नु भो, न्यायालयलाई पनि प्रभाव पार्नु भो । राजनीतिक भागवण्डाको आधारमा नियुक्त भएका न्यायाधीशहरु पनि भएकोले त्यसको उपयोग उहाँले गर्नुभयो । अहिले धेरै हदसम्म न्यायालय सही दिशामा अगाडि बढेको छ । ठूला ठूला घटनामा दोषीहरु दण्डित भइरहेका छन् । त्यसैले यो घटनामा पनि दोषीमाथि कारवाही हुने कुरामा म ढुक्क छु,’ उनले भने ।

२५ गते दिएको उजुरी अहिलेसम्म सर्वाेच्चले दर्ता नगरेकोमा पनि उनले सकारात्मक रुपले लिए । निकै ठूलो असर पार्ने मुद्दा भएको र त्यसको असर चौतर्फी रुपमा पर्ने भएकोले अदालतले दर्ता गर्नु अगाडि विस्तृत रुपमा अध्ययन गर्नु स्वभाविक भएको बताए । गभर्नर अधिकारीका विरुद्धको उजुरी पनि अहिलेसम्म सर्वाेच्चले दर्ता गरेको छैन,न त दरपीठ गरेको जानकारी नै दिएको छ ।

अधिवक्ता पौडेल आफ्नाे उजुरी दरपीठ हुने संभावना रहेको बताउँछन् । ‘अहिले दरपीठ भइहाल्यो भने पनि म छोडदिन, प्रहरीको जस्तै दोस्रो पटकमा दर्ता भएर कानुनी प्रकृयामा जानेमा म निश्चिन्त छु । वौद्धिक ठगीको यति ठूलो घटनामा सर्वाेच्चका न्यायाधीशहरु पनि उदार हुनुहुन्न, गम्भीरताका साथ लिएर कारवाही प्रकृया अगाडि बढ्नेछ भन्नेमा मलाई कुनै शंका छैन,’ उनले भने ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34