KFGVRFI34

पेट्रोल-डिजेलको मूल्य, कति बढ्यो , ग्यास तथा हवाई इन्धन येथाबत ,

0

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो - News Madhesh

२०८० फागुन ४ गते १ बाज्ये बिहानबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो।

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई/दुई रूपैयाँ बढाएको जानकारी दिएको छ। ग्यास र हवाई इन्धनमा भने मुल्य येथावत रहेको छ ,

भारतीय आयल कर्पोरेसन (आइओसी)  निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ८३ पैसा र डिजेलमा एक रूपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।

निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि-२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो  सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७१ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५९ रूपैयाँ पर्नेछ।

तेस्रो  काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७२ रूपैयाँ प्रतिलिटर पर्नेछ।

त्यस्तै डिजेल र मट्टीतेल १६० रूपैयाँ पर्नेछ।

खाना पकाउने ग्यासको भाउ भने यथावत छ। अहिले देशभर ग्यासको भाउ १ हजार ९ सय १० रूपैयाँ भएको छ।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34