KFGVRFI34

ललिता निवास प्रकरणमा पूर्व प्रमुख आयुक्त दिप बस्न्यात, , छविराज पन्त,व्यापारी मीनबहादुर गुरूङ, राम सुवेदी, शोभाकान्त ढकाल,भ्रष्टाचार गरेको ठहर गर्दै २ वर्ष कैद र ८० लाख जरिवाना,

0

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा विशेष अदालतमा दर्ता गरेको भ्रष्टाचार मुद्दामा आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यात, पूर्व सचिव छविराज पन्त लगायतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

एकै दिन १३ मुद्दा फैसला - बाह्रखरी :: Baahrakhari

यस्तै सोही मुद्दामा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदार र मन्त्री डम्बर श्रेष्ठलाई भने सफाई दिने फैसला गरेको छ ।भूमिसुधार मन्त्रालयका तत्कालीन मन्त्री चन्द्रदेव जोशी र सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।

पूर्व सचिव छविराज पन्त, दिप बस्न्यात लगायत मन्त्रिपरिषदको निर्णयको आवरणमा नक्कली मोही खडा गरी १९ रोपनी जग्गा सट्टापट्टा गरेको भन्दै भ्रष्टाचर गरेको ठहर गरेको हो। उनीहरूलाई २ वर्ष कैद र ८० लाख जरिवाना सुनाएको छ,

सरकारी जग्गा आफ्नो नाममा ल्याउने व्यापारी मीनबहादुर गुरूङ, राम सुवेदी, शोभाकान्त ढकाललाई पनि भ्रष्टाचार गरेको ठहर गर्दै २ वर्ष कैद र ८० लाख जरिवाना गरेको छ।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर भ्रष्टाचार मुद्दामा बिहीबार फैसला गरेको हो।यस्तै  प्रतिवादीहरु उपरको अन्य आरोप दाबी पुग्न नसक्ने अदालतकाे ठहर छ ।             गुठी कायम गरी जग्गा स्रेस्ता प्राप्त गरी हस्तान्तरण भइ सकेको जग्गाहरु- जफत हुने ठहरेकोले  ऐनको दफा ४७ को प्रतिवन्धात्मक वाक्याशले खरिद गरि लिने व्यक्ति तथा संस्थाले खरिद गरेको थैली (रकम) देवानी दायित्व सरह दावी गरी असुल उपर गर्न सक्ने छ  ।

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा २०४९ देखि २०६९ सम्मका विभिन्न निर्णयबाट बढी सरकारी जग्गा व्यक्तिका नाममा पुगेको घटनालाई ललिता निवास प्रकरण भनिएकाे हाे ।

२२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34