KFGVRFI34

आइसिसी लिग-२ को त्रिदेशीय सिरिज आज त्रिवि मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच बिहान सवा ९ बजेदेखि खेल सुरू हुनेछ।

0

आइसिसी लिग-२ को त्रिदेशीय सिरिजमा आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दैछ।

त्रिवि मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच बिहान सवा ९ बजेदेखि खेल सुरू हुनेछ।

नेपालले सिरिजको दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो।

बिहीबार भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४१.१ओभरमा अल आउट भएर १३२ रन मात्रै बनाएको थियो।

उक्त खेलमा ओपनर कुशल भूर्तेल रोयल डक भएका थिए।

तेस्तै  फागुन ९ मा नामिबिया र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेलेपछि सिरिज सकिनेछ।

लिग-२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिममा दुई खेलाडी परिवर्तन गरेको छ।

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट ब्याटिङ गरेपछि क्यानले अनिल र देवलाई वैकल्पिकबाट राष्ट्रिय टिममा स्थान दिएको हो।

यसअघि टिममा रहेका बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर अर्जुन साउद भने टिमबाट बाहिरिएका छन्।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग-२ मा आठ टिम भिड्दैछन्। आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ।

आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन्।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ।

नेपाली टिमः रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह छन्।

लिग-२ खेल्ने टिमहरु

क्यानडा

नामिबिया

नेपाल

नेदरल्याण्ड्स

ओमान

स्कटल्याण्ड

संयुक्त अरब इमिरेट्स

संयुक्त राज्य अमेरिका

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34