KFGVRFI34

के तपाई सयेरमा लगानी गर्न चाहनु हुन्छ …?

0

 एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा::फरक दृष्टि

बैंकले सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता र सीआईटीको ५० हजार कित्ता गरी कुल १ लाख २५ हजार ३०५ कित्ता सेयर लिलामीमा राखेको हो ।

इच्छुक लगानीकर्ताले आगामी फागुन १४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २४५ रुपैयाँ र सीआईटीको ७४० रुपैयाँ निर्धारण गरेको छ ।

CIT Mobile App - Google Play मा एपहरू

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सूर्योदय वोमी लघुवित्तको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

त्यस्तै सीआईटीको सेयर खरिदका लागि न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयमा बुझाउन सकिनेछ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34