KFGVRFI34

तपाई कुन सिम प्रयोग गर्दै हुनुहुन्छ ? नमस्ते (नेपाल टेलिकमकम) ले ल्यायो एस्तो अफर,

0

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो अफर, यस्ता छन् सुविधा

    नेपाल टेलिकम (नमस्ते) ले  प्रजातन्त्र दिवसको अवसरमा विभिन्न प्रकारका अफर ल्याएको छ । टेलिकमले शहिदहरुको सम्मानमा  शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न अफर उपलब्ध गराएको हो ।

यो अफर आज फागुन ६ गतेदेखि सुरु भएको छ र आगामी फागुन १२ सम्म उपलब्ध हुनेछ ।

नेपाल टेलिकम १९औँ वर्षमा, कति छन् ग्राहक ? :: रासस :: Shilapatra शिलापत्र -  खबरको स्थायी ठेगाना

के-के छन् सुविधा:

१. साविक बमोजमको फ्री रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ ।

२. एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको Yearly One Time प्याकेज र Combo Yearly One Time प्याकेजमा सहुलियत प्रदान गरिएको छ ।

३.कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यसअन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधासहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ ।

आगामीफागुन १२ गतेसम्मआफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकमएप’प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34