KFGVRFI34

फागुन ७ प्रजातन्त्र दिवस , देश भर सार्वजनिक बिदा , प्रजातन्त्र दिवस किन र कसरी ….

0
आजको दिन नेपालको इतिहासमा विशेष उल्लेखनीय रहेको छ। आजकै दिन अर्थात् २००७ सालको फागुन ७ गते नेपालमा एकतन्त्रीय जहानियाँ राणा शासनको अन्त भइ प्रजातन्त्रको उदय भएको थियो। प्रजातन्त्रको उदय भएको त्यस घटनालाई युगान्तकारी घटनाको रूपमा इतिहासमा वर्णा गरिएको छ।

२.     नेपाली काङ्ग्रेसको नेतृत्वमा त्यसबेला देशव्यापी आन्दोलन भएको थियो। राणा शासनको विरुद्धमा भएको त्यस आन्दोलनमा त्यसबेलाका राजा त्रिभुवनको पनि साथ र सहयोग थियो र राजा र प्रजाको संयुक्त आन्दोलनका सामु राणा शासन टिक्न सकेन। राणा शासनको सधैँका लागि अन्त भयो। त्यस घटनाले नेपाललाई आधुनिक युगमा प्रवेश गराएको मानिन्छ।

३.     त्यसपछि पनि नेपाली जनताले पटक-पटक आन्दोलन गरेका छन्। आन्दोलनले परिवर्तन ल्याएको छ। तर सात सालको आन्दोलन विशेष किसिमको रहेको छ। त्यस आन्दोलनबाट पहिलोपटक वाक् स्वतन्त्रता, प्रेस स्वतन्त्रतालगायतका अधिकारहरू नेपाली जनतालाई प्राप्त एको हो, त्यही बेलादेखि नेपाली जनता र प्रधानमन्त्री बन्न पाएका हुन्।

४. इतिहासमा यो दिवस यत्ति धेरै महत्त्वको रहे तापनि यो दिवसप्रति सबैको समान धारणा रहेको छैन। यसको महत्त्व घटाउन बराबर प्रयास भइरहेका छन्। खास गरेर प्रजातन्त्र नरुचाउनेहरूले यसप्रति बराबर आक्रमण गर्ने गरेका छन्। पञ्चायतकालभरि शासन सत्तामा रहेकाहरूले यसको महत्त्व घटाउने काम गरे भने अहिले शासन सत्तामा रहेकाहरूले पनि त्यस्तै गरेका छन्।

५. पञ्चायती व्यवस्था प्रजातन्त्रको घाँटी निमोठेर ल्याइएको व्यवस्था भएकाले पञ्चहरूले प्रजातन्त्र दिवसको महत्त्व किन घटाउन लागेका थिए, त्यो बुझ्न सकिन्छ। तर अहिले शासनसत्तमा रहेकाहरूले पनि किन यो दिवसप्रति गद्धिे दृष्टि लगाए, त्यो बुझ्न नसकिने भएको छ। उनीहरूले आजको दिनको बिदासमेत कटौती गर्न खोजेका थिए। लोकतन्त्र भन्दै लोकतन्त्रको घाँटी निमोठ्न खोज्नु कदापि उचित होइन।

६.     जसले जे गर्न खोजे पनि नेपालको इतिहासमा फागुन ७ गतेको आफ्नै महत्त्व छ। यस दिवसले नेपाली जनजीवनमा एउटा मूल्य र मान्यता स्थापना गरेको छ। चाहेर पनि, नचाहेर पनि मानिसहरूले प्रजातन्त्रमा लोकतन्त्र भन्नुपरेको छ। लोकतन्त्रको नाममा आफूलाई जनतासामु प्रस्तुत गर्नुपरेको छ। अर्को महत्त्वपूर्ण के पनि हो भने २००७ साल फागुन ७ गते पहिलोपटक संविधानसभामार्फत संविधान बनोस् भन्ने घोषणा भएको दिन पनि हो।

७.     फागुन ७ गतेको ठूलो महत्त्व छ। फागुन ७ गते अमर शहीदहरूको सपना हो। त्यसदिनको उपलब्धिलाई नेताहरूले व्यवस्थित गर्न सकेनन्। सुरक्षित राख्न सकेनन्। जसको कारण जनताले पटक-पटक आन्दोलन गर्नुपरेको छ। जनताले गरेका आन्दोलनमा त्यो सर्वाधिक पहिलो र महत्त्वपूर्ण आन्दोलन हो। त्यसकारण त्यसको महत्त्व सधैँ रहिरहनुपर्दछ। प्रजातन्त्र दिवस मनाउनुपर्दछ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34