KFGVRFI34

आइसीसी क्रिकेट विश्वकप लिग-२, आज नेपाल VS नामिबिया, त्रिभुवन विश्वविद्यालय, किर्तिपुरको खेल मैदानमा अहिले बिहान ९ः ३० बजेदेखि शुरु हुदैँछ ।

0

 लिग-२ को जारी त्रिकोणीय सिरिजमा सहभागी तिनै देशले आफ्ना २-२ खेलमा एक एक खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग ४ विकेटको हार बेहोरेको थियो । त्यसपछि नेपालले नेदरल्याण्डसमाथि शानदार जित हासिल गर्दै सिरिजमा पुनरागमन गरेको थियो । त्यस्तै नामिबिया भने आफ्नो दोस्रो खेलमा नेदरल्याण्डससँग पराजित भएको थियो ।

नेपाल VS नामिबिया :नेपाल ३ विकेटले विजयी , शरदले लगाए विजयी चौका | News from Nepal - Ratopati

नेपाल र नामिबियाबीच अहिलेसम्म ७ वटा एकदिवसीय खेल भएका छन् । जसमा नामिबियाले ४ खेल जितेको छ भने नेपालले २ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।

लिग-२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

खेल तालिका :

फागुन ११ गते शुक्रबार : नामिबियाविरुद्ध नेदरल्यान्ड्स

फागुन १३ गते आइतबार : नेपालविरुद्ध नेदरल्यान्ड्स

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ७ : २९ बजे

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34