आइसीसी क्रिकेट विश्वकप लिग-२, आज नेपाल VS नामिबिया, त्रिभुवन विश्वविद्यालय, किर्तिपुरको खेल मैदानमा अहिले बिहान ९ः ३० बजेदेखि शुरु हुदैँछ ।
लिग-२ को जारी त्रिकोणीय सिरिजमा सहभागी तिनै देशले आफ्ना २-२ खेलमा एक एक खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग ४ विकेटको हार बेहोरेको थियो । त्यसपछि नेपालले नेदरल्याण्डसमाथि शानदार जित हासिल गर्दै सिरिजमा पुनरागमन गरेको थियो । त्यस्तै नामिबिया भने आफ्नो दोस्रो खेलमा नेदरल्याण्डससँग पराजित भएको थियो ।
नेपाल र नामिबियाबीच अहिलेसम्म ७ वटा एकदिवसीय खेल भएका छन् । जसमा नामिबियाले ४ खेल जितेको छ भने नेपालले २ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।
लिग-२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।
आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।
खेल तालिका :
फागुन ११ गते शुक्रबार : नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबार : नेपालविरुद्ध नेदरल्यान्ड्स
प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार ७ : २९ बजे