KFGVRFI34

 सिटिजन्स बैंक २०७४ / ७५ को नगद लाभांश लिन बाकी शेयरधनीहरुका लागी जरुरी सूचना,

0

 सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई पुरानो नगद लाभांश लैजान भनेको छ । बैकले एक सुचना जारी गर्दै आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश केही सेयरधनीले नलगेको भन्दै लैजान भनेको हो ।

बैंकले लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा संचालन कार्यविधि २०७३ अनुसार ५ वर्षसम्म पनि सेयरधनीले नलगेको लाभांश उक्त कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ ।सोही कारण आजदेखि ३५ दिनभित्र उक्त लाभांशको लागि दाबी गर्न बैंकले सेयरधनीलाई आग्रह गरेको छ ।

लाभांश लिन जाँदा सेयरधनीले आफ्नो परिचयपत्र पनि साथमा बोक्नुपर्नेछ । लगानीकर्ताले सिटिजन क्यापिटलमा आवेदन दिएर भौतिक सेयर प्रमाणपत्र तथा नगद लाभांश पूर्जा संकलन गर्न सक्ने जनाएको छ ।

हाल सम्म पनि सेयर अभौतिकीकरण नगरेका लगानीकर्ताले पहिला सेयर अभौतिकीकरण गर्न पनि अनुरोध गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34