KFGVRFI34

नारायणगढ–मुग्लिन सडक फागुन १३ आइतवारदेखि खुल्ने भएको छ ,

0

दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतवारदेखि बन्द नहुने भएको छ । पुल निर्माणका लागि अहिले भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गते अर्थात् आउँदो आइतवारदेखि बन्द नगरिने भएको हो । तेस्रो पटक थपेको म्याद पर्सि १२ गते सकिँदैछ ।

नारायणगढ-मुग्लिन सडक फेरि बन्द – Nepal Views

पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि गाडी रोक्नु नपर्ने भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालले बताउनुभयो । अहिले दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम हुँदै आएको छ । अब ढिस्को भत्काउने काम तीन मिटर मात्रै बाँकी छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34