KFGVRFI34

“घण्टीको आवाज सदनमा समेत जोडदार बज्ने गरेको”-रवि लामिछाने

0

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीप्रति जनताले देखाएको उत्साहले ठूला दललाई छटपटी हुने गरेको बताएका छन् ।

ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै छ : रवि लामिछाने - बाह्रखरी :: Baahrakhari

शनिवार कपिलवस्तुमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । घण्टीको आवाज सदनमा समेत जोडदार बज्ने गरेको उनको भनाइ थियो आगामी निर्वाचनमा कपिलवस्तुका जनताले पनि घण्टी बजाउने सासंद पठाउने विश्वास उनले व्यक्त गरे ।

सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनसम्म जनतालाई आफूले ‘क्याप्सुल’ दिएको बताए । आगामी निर्वाचनसम्म त्यो ‘क्याप्सुल’ बचाएर प्रयोग गर्न आम जनतालाई आह्वान गरे ।

आफूले दिएको ‘क्याप्सुल’ अब चार वर्ष जोगाएर राख्न सक्नुहुन्छ ? भन्दै उनले मैदानमा बसिरहेका जनतालाई जागरूक बनाए । ‘कतै हँसिया हथौडाले बजाउला, कही रुखको हाँगाले लाग्ला, सूर्यको तापले पोल्ला तर आज मैले भनेका कुरा एउटा ‘क्याप्सुल’ सम्झिएर प्रयोग गर्नुहोला केही असर गर्ने छैन’, लामिछानेले भने ।​

देशभरिका जनतालाई भेट्न देशभर दौडिएको बताउँदै समाचारमा आउने हेडलाइन र आरोपले कुनै असर नगर्ने उनले बताए ।

देशभरिका बा-आमासँग शिर निहुराउन जानेको भन्दै उनले कोठामा बसेर षड्यन्त्र गर्नेहरूको पनि भण्डाफोर गर्ने बताए ।

‘यो शिर तमाम बा-आमाहरूले आशीर्वाद दिएको शिर हो, कसैले छेदन गर्न खोज्दैमा केही असर पर्ने वाला छैन । हामी असल उमेदवार लिएर आएका छौं, अब घण्टी बजाउँछौं, अब देशमा कसैले भोको पेट बस्न नपरोस्, कसैका छोराछोरी शिक्षाबाट बन्चित हुन नपरोस्, कसैले स्वास्थ्यका लागि उपचारबाट बन्चित हुन नपरोस् यही संकल्प लिएर हिँडेका छौं’, उनले भने ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34