माल्टाको किनारमा आप्रवासी डुंगा पल्टिँदा पाँच जनाको मृत्यु,
उद्धार कार्यको क्रममा माल्टाको किनारमा आप्रवासी डुंगा पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । साथै आठ जना घाइते भएको माल्टाको सशस्त्र बल (एएफएम) ले जनाएको छ ।
![माल्टामा आप्रवासी डुंगा पल्टिँदा ५ जनाको मृत्यु, ८ घाइते](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/malta-2422024085235-1000x0.jpg&w=1001&h=0)
करिव ७ दशमलव ६ मिटर लामो र दुईवटा मोटरबाट सञ्चालित उक्त डुंगामा सिरिया, इरिट्रिया, घाना र इजिप्टका ३४ जना यात्रु बोकेर भूमध्यसागर पार गर्दै थिए । डुंगा करिव ३.५ नटिकल माइल (६.५ किलोमिटर) पुगेपछि घटनास्थलमा एएफएम विमान पठाइएको थियो । एक एएफएम जहाज घटनास्थलमा पठाइएको थियो तर उद्धार कार्यको क्रममा डुंगा पल्टिएको बताइएको छ । घटनाको छानबिन जारी छ ।