KFGVRFI34

सुरक्षालाई चुनौति दिँदै लघुवित्त-मिटरब्याज पीडितहरु नाराबाजी गर्दै संसद परिसरमा छिरे, तेसैले उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ,

0

लघुवित्त तथा मिटरब्याज पीडितहरु नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेका छन् । संसद भवन परिसरमा छिरेर नाराबाजी गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्री अनुसार यसरी संसद भवन परिसरमा छिर्ने डेढ दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

उनीहरुलाई जबरजस्ती प्रवेश गरेको भन्दै पक्राउ गरिएको हो । संसद भवन वरपर निषेधित क्षेत्र तोकिएको छ । संसद भवन परिसर संवेदनशील क्षेत्रमा पर्दछ जहाँ प्रवेश पास बिना जान पाइन्न ।

तर सुरक्षा चुनौति दिँदै लघुवित्त पीडितहरु नाराबाजी संसदमा छिरेका छन् । संसद भवनमै नाराबाजी गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरभित्रै नारबाजी गरेका हुन् । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र हप्तौं लामो पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमवार संसद भवनभित्रै प्रवेश गरी प्रदर्शन गरेका हुन् ।

उनीहरुले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संसद परिसरभित्रै सुतेर बिरोध जनाएका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34