KFGVRFI34

आज मंगलबार नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ मा बन्द भएको छ।

0

साताको तेस्रो कारोबारको दिन  सेयर बजारमा केहि सुधार आएको छ ,

लगातार घटेर दुई हजार विन्दु तलसम्म झरेको बजार यस दिन २००१.६४ मा बन्द भएको छ।

१४३ कम्पनीको सेयर मूल्य बढेको छ। ८९ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ कम्पनीको सेयर मूल्य स्थिर छ।

५२ लाख ३९ हजार ४१६ धितोपत्र एक अर्ब ८६ करोड ९८ लाख रुपैयाँमा खरिद-बिक्री भएको छ।

बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। यस कम्पनीको सेयर मूल्य प्रति कित्ता एक हजार ६२३ रुपैयाँ २० पैसाले बढेर १७ हजार ८५५ रुपैयाँ ५० पैसामा कारोबार भएको हो।

सोनापुर मिनरल्स एन्ड आयलको सर्वाधिक मूल्यको सेयर खरिद-बिक्री भएको छ। यस कम्पनीको १४ करोड १९ लाख ६२ हजार रुपैयाँको सेयर खरिद-बिक्री भएको हो।

कारोबारमा आएका १३ मध्ये सात समूहको परिसूचक वृद्धि भएको छ। बाँकी समूहको परिसूचक घटेको छ।

सर्वाधिक परिसूचक वृद्धि हुनेमा उत्पादन तथा प्रशोधन समूह छ। यस समूहको परिसूचक ३.५२ प्रतिशतले बढेको हो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34