KFGVRFI34

राष्ट्रिय सम्मानका साथ, संगीतकार भक्तराज आचार्यको मँगलबार दिउँसो काठमाडौंको पशुपति आर्यघाटमा अन्यष्टी,

0

भजन शिरोमणी एवम् अग्रज गायक–संगीतकार भक्तराज आचार्यको मँगलबार दिउँसो काठमाडौंको पशुपति आर्यघाटमा अन्यष्टी गरिएको छ । उनलाई पुत्रद्धय सत्यराज आचार्य, स्वरुपराज आचार्यले दागवती दिएका थिए । त्यसअघि प्रहरीको टोलीले राष्ट्रको तर्फबाट धुन बजाएर सलामी दिएका थिए । दमको समस्याको कारण सोमबार अपरान्ह करिब ४ः३० बजे उनको ८१ वर्षको उमेरमा निधन भएको थियो ।

अन्त्यष्टी अघि भजन शिरोमणिको पार्थिव शरीरलाई मँगलबार बिहान श्रद्धाञ्जलीको लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नक्सालको प्राँगनमा राखिएको थियो । सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्साल पुगेर भजन शिरोमणि भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान प्रकाट गरे । प्रधानमन्त्री दाहालले भक्तराज प्रति श्रद्धाञ्जली अर्पण गर्दै भजन शिरोमणिको निधनले नेपाली संगीत क्षेत्रमा ठुलो क्षती पुगेकोे बताए । शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दै भक्तराजको उपचारमा लागेको खर्च राज्यले बेहोर्ने आश्वासन पनि उनले दिए ।

आचार्यको योगदान नेपाली संगीत क्षेत्रमा सँधै अमर रहने बनाउँदै प्रधानमन्त्री दाहालले भने,‘ आचार्यज्यूको उपचारमा लागेको खर्चका सम्बन्धमा र आउने दिनमा गर्नुपर्ने अन्य कामहरुको ’boutमा परिवारका सदस्यहरु कुराकानी गरेर नेपाल सरकारको तर्फबाट सक्ने सहयोग हुने विश्वास व्यक्त गर्दछु ।’

यस्तै पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भजन शिरोमणि आचार्यको पार्थिव शरीरमा पुष्प माला अर्पण गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे । जहाँछन बुद्धका आँखा लगायत कैयौं कालजायी गीतका सर्जक आचार्यको निधन प्रति ओलीले दुःख व्यक्त गर्दै परिवारजनमा समबेदना प्रकट गरे ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पनि नक्साल पुगेर दिवँगत अग्रज श्रष्टा आचार्य प्रति श्रद्धाञ्जली अर्पण गरे । यस्तै नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, कांग्रेसका नेता मिनेन्द्र रिजालले पनि नक्साल पुगेर आचार्यप्रति श्रद्धाञ्जली ब्यक्त गरे ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, उपकुलपति शम्भु राई, पूर्व उपकुलपति एवम् अग्रज संगीतकार शम्भुजीत बासकोटा, अग्रज कलाकारहरु नीर शाह, हरिहर शर्मा, हरिवंश आचार्य, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, अग्रज देखि नयाँ पुस्तासम्मका विभिन्न संगीतकर्मी, चलचित्रकर्मीदेखि शुभचिन्तकसम्मले संगीत नाट्य प्रज्ञा प्रतिष्ठान पुगेर दिवँगत आचार्यको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।

संगीतकार संघ नेपालको व्यबस्थापनमा आचार्यकै गीत गायर उनलाई अन्तिम श्रद्धाञ्जली दिईयो । आचार्यको कालजायी गीत जहाँ छन बुद्धका आँखा…र हजार सपनाहरुको मायाँ लागेर आउँछ…गीत सबैले एक स्वरमा गएर उनलाई श्रद्धाञ्जली अर्पण गरिएको हो ।

गरिएको छ । उनलाई पुत्रद्धय सत्यराज आचार्य, स्वरुपराज आचार्यले दागवती दिएका थिए । त्यसअघि प्रहरीको टोलीले राष्ट्रको तर्फबाट धुन बजाएर सलामी दिएका थिए । दमको समस्याको कारण सोमबार अपरान्ह करिब ४ः३० बजे उनको ८१ वर्षको उमेरमा निधन भएको थियो ।

अन्त्यष्टी अघि भजन शिरोमणिको पार्थिव शरीरलाई मँगलबार बिहान श्रद्धाञ्जलीको लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नक्सालको प्राँगनमा राखिएको थियो । सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्साल पुगेर भजन शिरोमणि भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान प्रकाट गरे । प्रधानमन्त्री दाहालले भक्तराज प्रति श्रद्धाञ्जली अर्पण गर्दै भजन शिरोमणिको निधनले नेपाली संगीत क्षेत्रमा ठुलो क्षती पुगेकोे बताए । शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दै भक्तराजको उपचारमा लागेको खर्च राज्यले बेहोर्ने आश्वासन पनि उनले दिए ।

आचार्यको योगदान नेपाली संगीत क्षेत्रमा सँधै अमर रहने बनाउँदै प्रधानमन्त्री दाहालले भने,‘ आचार्यज्यूको उपचारमा लागेको खर्चका सम्बन्धमा र आउने दिनमा गर्नुपर्ने अन्य कामहरुको ’boutमा परिवारका सदस्यहरु कुराकानी गरेर नेपाल सरकारको तर्फबाट सक्ने सहयोग हुने विश्वास व्यक्त गर्दछु ।’

यस्तै पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भजन शिरोमणि आचार्यको पार्थिव शरीरमा पुष्प माला अर्पण गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे । जहाँछन बुद्धका आँखा लगायत कैयौं कालजायी गीतका सर्जक आचार्यको निधन प्रति ओलीले दुःख व्यक्त गर्दै परिवारजनमा समबेदना प्रकट गरे ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पनि नक्साल पुगेर दिवँगत अग्रज श्रष्टा आचार्य प्रति श्रद्धाञ्जली अर्पण गरे । यस्तै नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, कांग्रेसका नेता मिनेन्द्र रिजालले पनि नक्साल पुगेर आचार्यप्रति श्रद्धाञ्जली ब्यक्त गरे ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, उपकुलपति शम्भु राई, पूर्व उपकुलपति एवम् अग्रज संगीतकार शम्भुजीत बासकोटा, अग्रज कलाकारहरु नीर शाह, हरिहर शर्मा, हरिवंश आचार्य, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, अग्रज देखि नयाँ पुस्तासम्मका विभिन्न संगीतकर्मी, चलचित्रकर्मीदेखि शुभचिन्तकसम्मले संगीत नाट्य प्रज्ञा प्रतिष्ठान पुगेर दिवँगत आचार्यको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।

संगीतकार संघ नेपालको व्यबस्थापनमा आचार्यकै गीत गायर उनलाई अन्तिम श्रद्धाञ्जली दिईयो । आचार्यको कालजायी गीत जहाँ छन बुद्धका आँखा…र हजार सपनाहरुको मायाँ लागेर आउँछ…गीत सबैले एक स्वरमा गएर उनलाई श्रद्धाञ्जली अर्पण गरिएको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34