KFGVRFI34

आजको नेपाल VS नेदरल्यान्ड्स क्रिकेट खेलमा नेपालले ६ विकेटले बिजय हासिल गरेको छ।

0

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा आज नेदरल्यान्ड्सलाई हराएको छ , १२१ रुनको लक्ष्य दिएको नेदरल्याण्ड लाई नेपाल ले ४ विकेट गुमाउदै १५.२ ओभरमा तार्गेत पुरा गरेको छ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु भएको थियो ।

शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपालले आजको खेलमा नेदरल्याण्ड माथि जित हासिल गरेको छ  । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको छ । नेपाल आजको खेलमा विजयी भएर  ४ अंकमा पुग्येको छ ।

आइतबार नेदरल्यान्ड्सले नामिबियालाई हराएको खण्डमा सहजै फाइनलमा पुग्नेछ । नामिबिया विजयी हुँदा भने नेटरनरेट हेर्नु पर्ने हुन्छ

नेदरल्यान्ड्सले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । दीपेन्द्रले ६३ रनको इनिङ खेलेपनि जिताउन सकेका थिएनन् । अन्तिम ओभरमा १५ रन चाहिँदा सुरुवाती दुई बलमा चौका र छक्का हानेपनि त्यसपछि असफल भएका थिए । दीपेन्द्र नेपालका प्रमुख खेलाडी हुन् । बलिङमा पावर प्ले र डेथ ओभरमा उत्कृष्ट बलिङ गर्दै आएका छन् ।

नेपालविरुद्ध डेब्यू गरेका माइकल लेभिटले उक्त खेलमा ५४ रन बनाएका थिए । नामिबियाविरुद्ध १३५ रनको सानदार शतकीय इनिङ खेलेका थिए । आक्रामक र क्लासिक ब्याटर लेभिटको विकेट समयमै लिन आवश्यक देखिन्छ । म्याक्स ओडाउड पनि घातक बन्नसक्ने ब्याटर हुन् ।

स्पिनर रोलेफ भान डर मर्वे प्रमुख स्पिन अलराउन्डर हुन् । अन्तिम ओभरमा ४ बलमा ५ रन चाहिएको अवस्थाबाट उनले जिताएका थिए । अनुभवी मर्वे तल्लोक्रममा आक्रामक ब्याटिङ पनि गर्ने गर्दछन् ।

नेपालले आफ्नो प्लेइङ ११ मा दुई परिवर्तन गर्नसक्छ । ओपनर कुशल भुर्तेल आसिफ शेखको स्थानमा टोलीमा फर्किन सक्छन् । स्पिनर ललित राजवंशी प्रतिश जि.सी वा अभिनाश बोहरा मध्य एकको स्थानमा खेल्न सक्छन् । नेपालको टोलीमा अन्य परिवर्तनको सम्भावना कम छ ।

नेपाल र नेदरल्यान्ड्सबीच १० टी-२० आई खेल भएका छन् । जसमा नेपाल ४ मा जित र ५ खेलमा पराजित भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34