KFGVRFI34

२०२४ को फेब्रुअरीमा अमेरिकाबाट नेपाल नौ हजार पर्यटक भित्रिए , कुन -कुन देश बाट अरु कति आए त ? हेर्नुहोस ।

0
एक महिनामै १ लाख १७ हजार पर्यटकले गरे नेपाल भ्रमण, कुन देशबाट कति ? «  Bizkhabar Online

पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउने क्रम बढेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन्।

गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए।

विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन्।

यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट २५ हजार पाँच सय ७८ पर्यटक रहेका छन्।

चीनबाट नौ हजार एक सय ८०, अमेरिकाबाट नौ हजार, थाइल्यान्डबाट चार हजार सात सय ९९, बेलायतबाट चार हजार पाँच सय ७१, बङ्गलादेशबाट चार हजार ९९,  श्रीलङ्काबाट तीन हजार ६ सय ८४ जना नेपाल आएका हुन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34