KFGVRFI34

 अभिनेता दीलिप रायमाझीकी छोरी दिब्या रायमाझी नायिकाको रुपमा नयाँ चलिचत्र ‘एक्टर’मा अनुबन्धित,

0

अभिनेता दीलिप रायमाझीकीछोरी दिब्या रायमाझी पनि नायिकाको रुपमा चलचित्रमा आएकी छिन् । उनी नयाँ चलिचत्र ‘एक्टर’मा अनुबन्धित भएकी हुन् । चलचित्र एक्टरमा अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा रहेका छन् । अब प्रदीपसँग दिब्याको जोडी चलचित्रको पर्दामा देख्न पाईने भएको छ ।

इन्डस्ट्रीले नै प्रतिक्षा गरिरहेको दीलिपकी छोरीको डेब्यू कोसँग होला ? -  संदेश पत्र

यो चलचित्रमा छोरी नायिकाको रुपमा अनुबन्धित भएकोमा अभिनेता एवम् दिब्याको पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीले खुसी व्यक्त गरेका छन् । दिब्या अमेरिकामा भएकाले दिलिप र मञ्जुले छोरीको लागि निर्माण टिमसँग सम्झौता गरेका छन् । दिब्या भने यो चलचित्रको छायाँकनको लागि अर्को महिनामात्र नेपाल आउँदै छिन् ।

राजन भुसालको निर्देशन रहने फिल्ममा थमनकुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल छन् ।

‘अमेरिकामा अध्ययनरत रहेकी दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि दिव्याले यो फिल्ममा काम गर्न राजी भएको बताएकी छिन् । दिव्या अब यही फिल्मका लागि नेपाल आउँदैछिन् ।’ पिता दिलिपले भने । यो चलचित्रमा प्रदीप र दिब्यासँगै नायक राजवल्लभ कोइराला, नायिका आना शर्मा पनि मुख्य भूमिका रहनेछ ।

यो चलचित्रमा नरेन्द्र मैनालीको छायांकन रहनेछ । फिल्ममा रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका यो सिनेमाको अर्को महिनाबाट छायाँकन थालिने छ । यो चलचित्रलाई आगामी वर्षको कात्तिक १५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34