KFGVRFI34

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को नयाँ बोनसदर घोषणा,

0

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी बीमांकीबाट तयार गरिएको बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० फागुन २० गतेको पत्रमार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनसदर प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि ९० रुपैयाँसम्म घोषणा गरेको हो।

सावाधिकः सूर्यज्योति सुरक्षित बचत जीवन बीमा योजना–०१, सूर्यज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजना–०५, सूर्यज्योति एकल तथा सीमित अवधि भुक्तानी (विकल्प १) योजना–०६ र सूर्यज्योति एकल तथा सीमित अवधि भुक्तानी (विकल्प २) योजना–०७

यस योजनामा कम्पनीले प्रतिहजार न्यूनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनमा ० देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ। यस बीमा योजनअन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको ४२ हजार २९ वटा बीमालेख खरिद भएका छन्। यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस पाउनेछन्।

सावधिकः सूर्यज्योति संरक्षित सावधिक जीवन बीमा योजना–५१, सूर्यज्योति सीमित अवधि भुक्तानी जीवन बीमा योजना–५३, सूर्यज्योति संरक्षित बाल जीवन बीमा योजना–७१, सूर्यज्योति सामूहिक सावधिक जीवन बीमा योजना–९१, सूर्यज्योति सावधिक जीवन बीमा योजना–१५१ र सूर्यज्योति सावधिक लघु जीवन बीमालेख–१८१

यस योजनामा कम्पनीले न्यूनतम प्रतिहजार ४० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनामा ० देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५४ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ६० रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७० रुपैयाँ बोनस दिने घोषणा गरेको छ। यस बीमा योजनअन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १ लाख ८ हजार ५४७ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस पाउनेछन्।

सावधिक तथा आजीवनः सूर्यज्योति सुरक्षित भविष्य जीवन बीमा योजना–०३

यस योजनामा कम्पनीले प्रतिहजार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनामा ० देखि ९ वर्ष अवधिका लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ र ३० देखि माथि अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ। यस बीमा योजनअन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको ६ हजार २२४ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमामा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस पाउनेछन्।

सावधिक तथा आजीवनः सूर्यज्योति सुदर्शन सावधिक तथा आजीवन बीमा–५२

यस योजनामा कम्पनीले ० देखि ९ वर्ष अवधिका लागि प्रतिहजार ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४६ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिका लागि ५६ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिका लागि ६० रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनस दिने भएको छ। यस बीमा योजनअन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको ९ हजार ३४८ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमामा बीमितले प्रतिहजार ४६ रुपैयाँ बोनस पाउनेछन्।

अग्रिम भुक्तानी सावधिकः सूर्यज्योति धन लाभ जीवन बीमा योजना–०२ र सूर्यज्योति थ्री ट्वेन्टी धन बहार जीवन बीमा योजना–०९

यस बीमा योजनामा कम्पनीले १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ४३ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिका लागि प्रतिहजार ४५ रुपैयाँ र २० वर्षदेखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ बोनसदर घोषणा गरेको छ। यस बीमा योजनअन्तर्गत सबैभन्दा धेरै २० वर्षदेखि २४ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको ३ हजार ७३८ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमामा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस पाउनेछन्।

अग्रिम भुक्तानी सावधिकः सूर्यज्योति आसाधन अग्रिम भुक्तानी जीवन बीमा योजना–६१/६२, सूर्यज्योति धनवृद्धि जीवन बीमा योजना (अग्रिम भुक्तानी)–६३/६४/६५, सूर्यज्योति सजिलो (वार्षिक) भुक्तानी जीवन बीमा योजना–३६ र सूर्यज्योति अग्रिम भुक्तानी बाल जीवन बीमा योजना–७३

यस योजनामा कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ४२ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५२ रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिका लागि ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको ११ हजार ७९९ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमामा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस पाउनेछन्।

चौरासी पूजा अग्रिम भुक्तानी (नियमित): सूर्यज्योति चौरासी पूजा जीवन बीमा योजना–८४

यस योजनामा कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिका लागि प्रतिहजार ४५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिका लागि प्रतिहजार ६५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ७० रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै १५ वर्ष देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १ हजार ४०९ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस पाउनेछन्।

चौरासी पूजा अग्रिम भुक्तानी (एकल): सूर्यज्योति चौरासी पूजा जीवन बीमा योजना–८४

यस योजनामा कम्पनीले १० वर्षदेखि १४ वर्ष अवधिका लागि प्रतिहजार ७५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिका लागि प्रतिहजार ८० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिका लागि प्रतिहजार ८५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिका लागि प्रतिहजार ९० रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ९० रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै १५ वर्षदेखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १२४ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ८० रुपैयाँ बोनस पाउनेछन्।

इजी पे अग्रिम भुक्तानीः सूर्यज्योति इजी पे जीवन बीमा योजना–५१

यस योजनामा कम्पनीले १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ३० रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै २० देखि २४ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १ हजार ५६७ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ३० रुपैयाँ बोनस पाउनेछन्।

Insurance Khabar

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34