KFGVRFI34

आज नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७.६९ विन्दुमा,

0

आज  नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७.६९ विन्दुमा पुगेको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.६६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।

आज  ३१६ वटा धितोपत्रको एक करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर किनबेच भएको हो। बजारमा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९५८ रूपैयाँको सेयर कारोबार भएको छ। ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ वटाको घटेको छ। यस्तै, २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.७३ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९९५ रूपैयाँ कायम भएको छ।

यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१ को इकाइ मूल्य ७.८५ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ८ रूपैयाँ ६६ पैसा पुगेको छ।

बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य २० हजार ९६२ रूपैयाँ मा झरेको छ।

यस्तै, जोशी हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३४६ रूपैयाँ कायम भएको छ।

मंगलबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ४९३ रूपैयाँ ८० पैसामा ४१ करोड १३ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ०.७८ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५०२ रूपैयाँमा २४ करोड ६५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस दिन अन्य समूहको परिसूचक सर्वाधिक ४.३५ प्रतिशतले घटेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34