KFGVRFI34

विश्वभर सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या, करीब १ घण्टा पछि सुचारु ,

0

विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ ।

विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् ।

फेसबुकसँगै मेटाको मेसेन्जर र इन्स्टाग्राममा पनि समस्या देखिएको छ । इन्स्टाग्रामले पूर्णरूपमा काम गर्न छाडेको छ ।

मेटाकै ह्वाट्सएप भने चलिरहेको छ ।

अहिलेसम्म फेसबुकले आधिकारिकरूपमा कुनै जानकारी दिएको छैन ।
विश्वभर सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या देखिएको छ । मंगलबार राति एक्कासी फेसबुक र इन्स्टाग्राम आफै लगआउट भएको थियो । त्यसपछि भने लगइन नै नहुने समस्या देखिरहेको छ ।

समस्या देखिएपछि विश्वभरका फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताले गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् ।
विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको हो ।

मंगलबार राति ९ बजेतिर एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिएको थियो ।

त्यसपछि विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका थिए । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका थिए ।

फेसबुकसँगै मेटाको मेसेन्जर र इन्स्टाग्राममा पनि समस्या देखिएको थियो । मेटाकै ह्वाट्सएप भने चलिरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34