KFGVRFI34

नेप्से परिसूचक आज ९ दशलमव ३३ अंकले बढेर २,०१७ विन्दुमा कायम ।

0

आज साताको चौथो दिन शेयर बजार बढेर बन्द भएको छ । हिजो भारी अंकले घटेको नेप्से परिसूचक आज ९ दशलमव ३३ अंकले बढेर २,०१७ को विन्दुमा कायम भएको छ । आज १७५ कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ कम्पनीको शेयर मुल्य घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार सोल्टी होटलको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको ५ प्रतिशत बोनस बापतको ४४ लाख २३ हजार ८६४ कित्ता सेयर सूचीकृत भएको छ । अब उक्त बोनस हितग्राही खातामा जम्मा भए पश्चात दोस्रो बजारका लागि योग्य हुनेछ ।

आज ३०८ कम्पनीको ९१ करोड ३८ लाख १५४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४५ करोडमाथिको शेयर कारोबर भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २७ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १३ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34