KFGVRFI34

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कार्यभार सम्हालेको पहिलो दिन के भने। गृह मन्त्रालय रोज्नुको कारण पनि बताएका छन्।

0

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कानुनी राज्य स्थापना गर्न कसैको आदेश नकुर्न निर्देशन दिएका छन् । दोस्रो पटक गृह मन्त्रालयको कार्यभार सम्हालेका उनले यस्तो बताएका हुन् । ‘कानुनी राज्यको स्थापनामा निर्वाह गर्दा कसैको आदेश कुर्नुपर्दैन,’ उनले भने, ‘कुनै पनि राजनीतिक दल प्रभावशाली होस्, गैरकानुनी आदेश मान्नु पर्दैन । कानुनले जे भन्छ त्यही हुन्छ ।’

कानुनी राज्य स्थापना गर्न कसैको आदेश कुर्नुपर्दैन : गृहमन्त्री लामिछाने

उनले दबाब र प्रभावमा नपरी काम गर्न प्रहरी, प्रशासनलाई आग्रह गरे । ‘मेरो सुरक्षामा चिन्तित हैन । मान्छे व्यवसायमा बढी चिन्तित हौ भन्ने चाहन्छु । गैरकानुनी गतिविधिलाई सामान्य ढंगले होइन, असामान्य ढंगले नियन्त्रण र निगरानी गर्ने जिम्मेवारी हाम्रो सामु छ,’ उनको भनाइ थियो, ‘निराशाबाहेक केही छैन भन्ने भाष्य तयार भएको छ । यो सुरक्षाका विषय जोडिएको छ । सुरक्षा राष्ट्रिय महत्वको विषय छ ।’

उनले देशभर सरकारी जग्गा फिर्ता ल्याउन निर्देशन दिए । ‘म सरकारी हडपिएको जग्गाबाट हटाउन निर्मम आदेश दिन चाहन्छु,’ उनले भने, ‘७७ जिल्लामा सरकारी सम्पत्ति हडपिएको छ, सरकारमा नाममा ल्याउने कामनै मेरो पहिलो निर्णय हुनेछ ।’

उनले मिटरब्याजी र सहकारीपीडितलाई न्याय दिलाउन प्रतिबद्ध भएको बतए । ‘मिटरब्याज र सहकारीपीडितलाई न्यायको महसुस हुनुपर्छ । यो प्रहरीमा पुगेपछि समस्या समाधान हुने महसुस हुर्नैपर्छ । खुट्टामा ठेला उठ्ने गरी न्याय गृह मन्त्रालय माग्न आउने अन्त्य हुनुपर्छ ।’

उनले नागरिकलाई महसुस हुने गरी काम गर्न आग्रह गरे । ‘लागूऔषध दुर्व्यसनीको समस्या हुनुपर्छ । तस्करी नियन्त्रणमा विशेष ध्यान दिनपर्छु,’ उनले भने, ‘राजस्व संकलनका विषयलाई चुहावटका विषय गम्भीर विषय छन् ।’

उनले राजधानीलगायत कतिपय ठाउँ २४ घण्टा खुल्ने वातावरण बाउने बताए । ‘सुरक्षित हुने वातावारण हुनुपर्छ । सहर ज्युँदो, सुरक्षित छ भन्ने महसुस हुनुपर्छ,’ उनको भनाइ थियो ।

उनले कुनै पनि पार्टीको दबाबमा नपर्न र कानुनअनुसार कारबाही गर्न आग्रह गरे । ‘बोर्डरको सुरक्षा बलियो बनाउनुपर्छ,’ उनले भने ।

उनले प्रहरी प्रशासनको सरुवा, बढुवा कार्यसम्पादनका आधारमा हुने बताए ।

sharethis sharing button

काठमाडौँ । रवि लामिछानेले गृह मन्त्रालय रोज्नुको कारणबारे बोलेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गरेलगत्तै बुधवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सुरुमै गृह मन्त्रालय रोज्नुको कारणबारे स्पष्ट पारेका हुन् ।

उपप्रधानमन्त्री लामिछानेले आम नागरिकले महसुस गर्न सक्ने गरी काम गर्न आफूले गृह मन्त्रालय रोज्नुपरेको बताए । उनले विगतका मन्त्रीहरुको जस्तै निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेको नभई फरक किसिमले आम नागरिकले महसुस गर्नसक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्मविश्वासका आफूले गृह मन्त्रालयको कार्यभार लिएको बताए ।

उपप्रधानमन्त्री लामिछानेले त्यस अवसरमा आफ्नो कुनैपनि दबाब र प्रभावमा नपरी कानुनी राज्यको स्थापनाका लागि काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए । उनले कानुनी राज्य स्थापना गर्ने सिलसिलामा कुनैपनि राजनीतिक प्रभावमा नपरी काम गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए । उनले आफ्नो नभई आम नागरिकको सुरक्षाका चिन्तित हुन पनि सुरक्षा निकायका सबै अधिकारीहरुलाई अपिल गरे ।

उपप्रधानमन्त्री लामिछानेले भने, ‘निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेका चाहिँ होइन । जे चलिरहेको छ, त्यो चलिरहनु भन्दा अलि फरक किसिमले आम नागरिकले महसुस गर्नसक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ यो चुनौतीका लागि हामी यहाँ उपस्थित भएको हौ, आएका हौं । यसैकारण यो जिम्मेवारी लिने निधो गरेको हुँ । आपसी सहयोग, आपसी सहकार्यमा हामी राष्ट्रका सामु देखिएका चुनौतीहरूलाई सामना गर्न सक्षम हुन्छौँ भन्ने कुरामा म पूर्ण रुपमा विश्वस्त छु ।’

यसअघि उपप्रधानमन्त्री लामिछानेलाई मन्त्रालयका सचिव भट्टराईसहितका उच्च अधिकारीहरुले मन्त्रालयमा स्वागत गरेका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34