KFGVRFI34

संसारकै धनी भएपनि सधैँ आफ्नो पत्नीलाई घरको काममा सघाउछँन् बिल गेट्स,

0

बिल गेट्स त्यो नाम हो जब हामी कम्प्युटरको बारे सोच्छौं तव उनलाई सम्झिन्छौ। उनलाई कम्प्युटरको पिता मानिन्छ। उनी माइक्रोसफ्ट, विश्वको सब भन्दा ठूलो कम्प्यूटर सफ्टवेयर कम्पनीको मालिक हुन । गेट्स एक सफल उद्यमी, लगानीकर्ता, समाजसेवी, कम्प्यूटर प्रोग्रामर र आविष्कारक हुन ।

उनले आफ्नो सबै आविष्कारहरू र जीवनको हरेक क्षेत्रमा कम्प्युटरको प्रयोगको कल्पना गर्न एक दूरदर्शी दृष्टिकोणको साथ कम्प्युटरलाई घरेलू उत्पादनमा रूपान्तरण गरे। विश्वकै प्रतिष्ठित कम्पनी माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । ६४ वर्षका गेट्ससंग १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब सम्पत्ति रहेको छ ।

धनी व्यक्तिहरू केही काम नगर्ने, काम गर्नका लागि प्रशस्त नोकरहरू राख्ने, साथै उनीहरूको जीवन निकै तामझामका साथ बित्ने गर्छ । तर, यति धेरै सम्पत्ति हुँदाहुँदै पनि बिल गेट्स साधारण मानिसजस्तै आफ्नो जीवन जिउनमा विश्वास राख्छन् । मेलिन्डा गेट्स बिल गेट्सकी पत्नी हुन् ।

सन् १९८७ मा मेलिन्डा बिल गेट्सकै कम्पनी माइक्रोसफ्टमा काम गर्दा यी दुईको भेट भएको थियो । र, काम गर्दागर्दै नजिक भएपछि सन् १९९४ मा यी दुई वैवाहिक सम्बन्धमा बाँधिएका थिए । उनीहरूको विवाह भएको २५ वर्ष भइसकेको छ । यी दम्पत्तिले विगत २५ वर्षदेखि हरेक दिन आफैँ खाना पकाउनुका साथै सधै भाँडा माझ्दै आइरहेका छन् ।

धनी भएर दर्जनौं नोकर राख्न सक्ने क्षमता भए पनि सधैँ आफ्नो श्रीमतीलाई काममा सघाएर यो जोडी उदाहरण बनेको छ । चर्चित मिडिया ‘बिजनेस इन्साइडर‘का अनुसार आम मानिसले झैँ साधरण जीवन बिताएका यी जोडी प्रायः आफ्नो खाना आफैँ बनाउँछन् अनि सँगै भाँडा माँझ्छन् ।

परिवारमा खुसी ल्याउने मुख्य कारणमा पति–पत्नीले काम बाँडफाँड गरेर संगै गर्नुपर्ने कुरामा मेलिन्डा विश्वास गर्छिन् । त्यसैले, उनीहरूमा माया र समान आदर रहेका कारण उनीहरूको सम्बन्ध मजबुत भएको देखिन्छ ।.

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34