KFGVRFI34

छोरीले दिएन बुबालाई नयाँ जिबन- बुबालाई बचाउने बहादुर छोरी ।

0

 

 पोखरा महानगरपालिका-३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेलाई छोरीको कलेजोले नयाँ जीवन दिएको छ ।

विसं २०७५ तिर कलेजोमा समस्या देखिएको थियो । उनले चार वर्ष औषधि खाएर रोग निको पार्ने प्रयास गरे पनि बिस्तारै औषधिले काम गर्न छाडेको थियो । एक वर्षदेखि उनलाई रोगले बढी च्याप्न थाल्यो र अवस्था गम्भीर भयो । लामिछानेको कलेजो क्षतिग्रस्त भएको र राम्रोसँग काम नगरेकाले चिकित्सकले अन्तिम चरणको उपचारका रूपमा कलेजो प्रत्यारोपण गर्न सुझाव दिए ।

कमजोर आर्थिक अवस्थाका कारण छिमेकी मुलुक गएर उपचार गर्न उनको अवस्था थिएन । परिवारकै सदस्यबाट प्रत्यारोपण गर्नुपर्ने र यसबाट खर्चसमेत कम हुने भएकाले उनले परिवारसँग सल्लाह गरे । तीन छोरी र दुई छोराका बाबु लामिछानेको कलेजो प्रत्यारोपणका लागि परिवारमा छोरा-बुहारीसँग रक्त समूह मिलेन । रोगले दिनानुदिन च्याप्दै जानु र प्रत्यारोपणका लागि उपयुक्त व्यक्ति नपाउँदा लामिछानेले जीवनको आश मारिसकेका थिए ।

अन्तिममा उनकी जेठी छोरी पोखरा-३० पावरहाउस बस्ने रञ्जना लामिछाने बरालको रक्त समूह मिलेर प्रत्यारोपण गर्न मिल्ने भयो । त्यसका रञ्जनाको घरबाट समेत स्वीकृति मिल्यो । रञ्जना बाबुको जीवन बचाउन जोखिम उठाएको र आफ्नो कलेजो बाबुलाई दिन तत्कालै तयार भइन् ।

साहसपूर्वक आफ्नो कलेजो दिएर बुबालाई नयाँ जीवन दिन रञ्जना तयार भएपछि लामिछानेको गत आइतबार भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो रोगका कारण थलिएर जीवनमरणको दोसाँधमा उभिएका लामिछानेले छोरीले कलेजो दिएपछि पुनर्जीवन पाएका छन् । छोरी रञ्जनाले आफ्नो कलेजो दिन तयार भएको र अहिले बाबुछोरी दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको छोरा सुशीलले बताए ।

‘बुबाको कलेजो प्रत्यारोपण गर्नु नै थियो, तर मिलिरहेको थिएन, त्यसले गर्दा बुवालाई बचाउन सकिँदैन कि भनेर हामी चिन्तित थियौँ,’ सुशीलले भने, ‘अन्तिममा दिदीले दिन मिल्ने भएपछि कलेजो सफलतापूर्वक प्रत्यारोपण भएको छ, अहिले बुवा र दिदी दुवै जना स्वस्थ हुनुहुन्छ, कुनै समस्या छैन ।’

आफ्नो कलेजो बुवासँग मिल्नु र प्रत्यारोपण कार्य सफल भएपछि रञ्जना पनि खुसी छिन् । बाबुआमाका लागि जस्तोसुकै अप्ठ्यारो र दुःखमा साथ दिनुपर्ने छोराछोरीको कर्तव्य आफूले पूरा गर्न पाउँदा धेरै खुसी लागेको दिदीले भनेको सुशीलले बताए । दिदीलाई एक हप्ता र बुवालाई दुई हप्ताजति अस्पतालमा राख्नुपर्ने चिकित्सकले बताएको जानकारी दिए । रासस

छोरा हुन् वा छोरी, बुबाआमाका लागि कलेजोका टुक्रा हुन्, जसलाई हुर्काउन आमाबुबाले सारा दुःख बिर्सन्छन् तर छोराछोरी ठूला भएपछि बाआमा बिर्सन्छन्। यो भनाइलाई मिथ्या सावित गरिदिएकी छन् पोखराकी रञ्जना बरालले।

पोखरा महानगरपालिका– ३० पावरहाउसकी रञ्जनाले आफ्नै कलेजो दिएर बुबालाई जीवनदान दिएकी छन्। उनले विगत पाँच वर्षदेखि कलेजोका बिरामी रहेका आफ्नै बुबा पोखरा– ३० खुदीका वासुदेव लामिछानेलाई कलेजो दान गरेर उदाहरणीय छोरी बनेकी छन्।

६४ वर्षीय लामिछाने कलेजो बिग्रिएर थलिएका थिए। चिकित्सकले कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएपछि उनी कलेजोको खोजीमा थिए। वासुदेवको रक्तसँग परिवारका धेरै सदस्यको रक्त समूह मिलेन। भाग्यले भनौं वा संयोग भनौं, लामिछानेको रक्त समूह छोरी रञ्जनाको रक्त समूहसँग मिल्यो। त्यसपछि रञ्जनाले बुबालाई कलेजो दिने निर्णय सुनाइन्। अनि छायो परिवारमा खुसी।

लामिछानेको गत आइतबार भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गरिएको छ। दुवैको स्वास्थ्य सामान्य रहेको छोरा सुशील लामिछानेले जानकारी दिए। उनका अनुसार दिदी रञ्जनाको अबको एक हप्तामा डिस्चार्ज हुँदै छ भने बुबा वासुदेवको १५/१६ दिनपछाडि डिस्चार्ज हुनेछ।

परिवारका अन्य सदस्यसँग रक्त समूहसँग बुबाको रक्त समूह नमिलेपछि हामी निराश थियौं, लामिछानेका छोरा सुशीलले भने, ‘धन्न दिदी रञ्जनाको रक्त समूह मिल्यो। दुवैको रक्त समूह ओ–पोजिटिभ भएको र दिदीले कलेजो म दिन्छु भनेपछि बुबाले पुनर्जीवन पाउनुभएको छ।’

बुबालाई कलेजो दान गरेर जीवन बचाउन पाएकोमा रञ्जना खुसीले गद्गद् भएकी छन्। उनले भनिन्, ‘बुबालाई कलेजो प्रदान गर्न पाउने म भाग्यमानी छोरी हुँ। मैले केवल कर्तव्य मात्र पूरा गरेकी छु। यसले अरुलाई पनि प्रेरणा मिलेको छ।’

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34