KFGVRFI34

नेपाल हङकङसँग पराजित , सबै आउट हुदै १६.४ ओभरमा १३९रन नेपाल ले ल्याएको छ

0

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेलमा   नेपाल पराजित भएको छ । आजको खेलमा नेपालका सबै आउट हुदै १६.४ ओभरमा १३९रन ल्याएको छ, खेलमा आज नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

खेल बिहान ११:१५ बजे सुरु भएको थियो  ।  नेपाली क्रिकेट टोली हाल हङकङमा रहेका छन् । त्रिकोणात्मक शृंखला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो ।
नेपाल, हङकङ र पपुवा न्युगिनीबिच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते  हङकङसँग खेल्ने छ ।  यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34