KFGVRFI34

नेपालकी प्रियंकारानी जोशी भारतमा जारी मिस वर्ल्डको उत्कृष्ट ४० मा प्रवेश, ‘ब्युटी विथ अ पर्पस’ विधामा एसियाली विजेता,

0

नेपालकी प्रियंकारानी जोशी भारतमा जारी मिस वर्ल्डको उत्कृष्ट ४० मा प्रवेश गरेकी छन् । ‘ब्युटी विथ अ पर्पस’ विधामा एसियाली विजेता बन्दै उनी क्वार्टर फाइनलमा प्रवेश गरेकी हुन् । उत्कृष्ट ४० मा फास्ट-ट्रयाक इभेन्टका विजेता समेटिएका छन् । अहिले मुम्बईको जियो कन्भेन्सन सेन्टरमा ७१ औं विश्व सुन्दरी प्रतियोगिताको फिनाले भैरहेको छ ।

नेपालले ७१ औं मिस वर्ल्डमा उत्कृष्ट ४० सम्मको यात्रा तय गर्न सफल भएको छ । मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशी क्वार्टरफाइनलबाट बाहिरिइन् ।

प्रतिस्पर्धामा नेपाल ‘ब्युटी विथ अ पर्पस’ विधामा एसिया महादेशबाट विजेता बन्यो । यो विधामा जितसँगै प्रियंकाले उत्कृष्ट ४० अर्थात क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।

‘ब्युटी विथ अ पर्पस विधा’मा भने ब्राजिल समूह विजेता बन्यो । यसपटक प्रत्येक महादेशबाट विजेता चयन गरिएको थियो । यो संस्करणको मिस वर्ल्डबाट महादेशीय विजेता चुन्ने नयाँ अभ्यास सुरु भएको छ ।

मुम्बईको जियो कन्भेन्सन सेन्टरमा फिनाले आयोजना गरिएको थियो । बलिउड फिल्म निर्माता करण जोहर र पूर्व मिस वर्ल्ड मेगन योङले समारोह होस्ट गरेका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34