KFGVRFI34

पार्टनर बिना यौन सन्तुष्टि कसरी पाउने ?

0

सबै स्वस्थ व्यक्तिमा यौनचाहना हुन्छ । हाम्रो समाजमा अझै पनि यौन सम्बन्धलाई चरित्र र सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने गरिन्छ । त्यसैले विवाह अगाडि शारीरिक सम्पर्कको माध्यमबाट यौन सन्तुष्टि लिनु गाह्रै छ । तर विवाहित हुन् या एक्लो महिला या पुरुषको यौन चाहनालाई निषेध गर्न सम्भव छैन । किनकि यो प्राकृतिक नियम नै हो ।

यौनसँग शारीरिक चाह मात्रै जोडिन्न । योसँगै भावनासमेत जोडिएर आउँछ । त्यसैले आफ्नो जोडीसँगको सुरक्षित सम्बन्ध नै यौन सन्तुष्टिको प्राकृतिक प्रक्रिया हो । कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन ।

यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ। यौन सुख लिने क्रममा तालमेल मिल्दैन ।यस्तो सम्भव नभए यसका अस्थायी विकल्प छ। यि विकल्प आफ्नो पार्टनर नभएको अवस्था वा पार्टनर सँग सम्भव नभए बेला अस्थायी विकल्प रुपमा लिन सकिन्छ ।

१ आफ्नो यौनाङ्गमा आफैंले घर्षण गर्ने
२ आफ्नो स्तन आफैं माड्ने
३ औँलाले यौनाङ्ग चलाउँने

४ यौन खेलौनाको प्रयोग गर्ने
५ पुरुषले लिङ्गलाई हात अघिपछि चलाउने
६ हस्तमैथुन गर्ने

हस्तमैथुनले हानी गर्छ कि धेरैलाई चासो र चिन्ता हुन्छ। त्यसैले सम्भोग गर्दा कुनै पनी हानी हुँदैन । यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग, त्यसैले समाजमा अनेक मिथ्या धारणाहरू व्याप्त छन्। हस्तमैथुन गरे अनुहारमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुन्छ भन्ने जस्ता भ्रम व्याप्त छन्। यसले स्मरण शक्तिमा ह्रास आउने पनि होइन।

आफ्ना यौन अङ्गहरू आफैंले चलाएर यौन सन्तुष्टि लिने एक किसिमको यौन व्यवहारलाई हस्तमैथुन भन्ने बुझिन्छ । कुनै पनि समाजमा किशोरावस्थामा यौन सन्तुष्टि प्राप्त गर्न गरिने प्रमुख क्रियाकलाप हस्तमैथुन हो। कतिपयले त पहिलो यौन चरमसुख यही विधिबाट पाएका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34