KFGVRFI34

बिदेसी कामदार नलिने मलेसिया को नया नीति ! के एसको असर नेपालमा पर्ला ? हाल मलेसियामा कति छन् नेपाली ?

0

बिदेसी कामदार नलिने मलेसिया को नया नीतिले अब नेपाली मलेसिया जान बाट बन्चित हुने भएका छन् ।

आप्रवासी कामदारका समन्धमा तेहाको सरकारले लिएको नया नीतिको असर नेपालमा पनि पर्ने भएको बैदेसिक रोजगार मामिलाका जानकारहरुले बताएका छन् मलेसियाको गृह मन्त्रालयले समय सिमा तोकेर बिदेसी कामदार ल्याउने काम अर्को निर्णय नभएसम्म  रोक्ने  निर्णय  गरेको छ । तेहको गृह मन्त्रालयले सुरक्षा को हिसाबले अहिले यो निर्णय गरेको बताएको छ ,यो कुरा नेपाल सरकारलाई  औपचारिक जानकारी नआएको  अधिकारी हरुले जनाएका छन्  काठमाडौँ स्थित मलेसियाली दुताबासले online भिसा आबेदन लिने अनुमति पाएका बत नेपाल स्थित भिसा  सेन्टर हरुलाई तेस बारे जानकारी गराई सक्येको बताइएको छ । BBC नेपाली सेवा बाट ।

अङ्ग्रेजी भाषाका स्थानीय सञ्चारमाध्यमका वेबसाइटहरूमा जनाइए अनुसार मलेशियाली रोजगारदाताहरूले ल्याउने कामदारहरूको भिसा यही मार्च ३१ भित्र लागिसकेको हुनु पर्नेछ।

त्यस्ता कामदारले पनि आगामी मे ३१ भित्र मलेशिया प्रवेश गरिसक्नु पर्नेछ र त्यसको व्यवस्था रोजगारदाताले मिलाउनु पर्नेछ।

त्यस्तै कामदारहरूलाई मार्च ३१ भित्र भिसा लगाउन नसक्ने कम्पनीहरूले आफ्नो विदेशी कामदारको कोटा गुमाउने पनि निर्णय भएको जनाइएको छ।

सरकारको उक्त निर्णयले मलेशियाको उत्पादन उद्योगमा गहिरो असर पर्ने भन्दै त्यहाँका उद्योगीहरूले त्यसमा पुनर्विचार गर्न माग पनि गरेका छन्।

नेपाललाई कस्तो असर पर्नसक्छ?

वैदेशिक रोजगार तथा श्रम मामिलाका एकजना विज्ञ गणेश गुरुङ मलेशियाको नयाँ नीतिका कारण नेपाली कामदारहरूलाई व्यापक असर पर्ने बताउँछन्।

उनले भने, “मलेशिया पनि धेरै नेपालीहरू जाने एउटा प्रमुख गन्तव्य हो। यसले गर्दा त्यहाँ जान पाउनेहरूलाई असर पार्ने भइहाल्यो। यसको आर्थिक र सामाजिक असर पनि धेरै छ।”

“मलेशियामा जाने कामदारमा कमी आएपछि उक्त देशबाट आउने रेमिट्यान्स घट्छ त्यसको असर नेपाली अर्थतन्त्रमा पर्नसक्छ।”

उनका भनाइमा देशहरूले यसरी विदेशी कामदारलाई रोक लगाउँदैमा उक्त देशका कम्पनीलाई पनि विदेशी कामदार चाहिने र विदेशबाट पनि कामदार जान चाहने अवस्था अन्त्य हुँदैन।

त्यसले अवैध ढङ्गले उक्त देश जानेहरूको सङ्ख्या बढ्न सक्ने र त्यसले थप जटिलता निम्त्याउन सक्ने उनको विश्लेषण छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी मलेशियाले विदेशी कामदार नलिने र खाडी राष्ट्रमा पनि कामदारको माग कम हुँदा त्यसको असर नेपालमा देखिने बताउँछन्।

“त्यसैले गर्दा नै अहिले अवैध रूपमा विभिन्न देशमा जाने क्रम बढेको हो। रुस र युक्रेनमा गएर नेपालीहरू मर्न तयार हुनुको एउटा कारण हामीले कामदार सुरक्षा राम्रो भएका देशमा पहल गर्न नसक्नु पनि हो,” उनले भने।

“हामीले मलेशियामा पनि बन्द भएपछि अब नेपाली कामदारको माग भएका युरोपेलीलगायत अन्य देशमा कामदार पठाउन सरकारले सहजीकरण गर्नुपर्छ।”

यद्यपि विज्ञ गुरुङ चाहिँ नेपालले युरोपेली देशहरूमा मानिसहरू पठाउँदा थाल्दा त्यसको सामाजिक मूल्य अझ बढी भएको बताउँछन्।

उनी भन्छन्, “खाडी र मलेशिया जाने कामदारहरूले त रेमिट्यान्स पनि पठाउँछन् र फर्केर पनि आउँछन् तर युरोप जानेहरू फर्कँदैनन् र यताको सम्पत्ति पनि सकेसम्म लिएर जान्छन्। त्यो सरकारले लिएको उचित नीति होइन।”

“सरकारले स्वदेशमै रोजगारी पाउने अवस्था बनाउनुपर्छ र त्यो पनि यहाँ रोजगारी दिन्छौँ भन्ने होइन कति समयमा कति रोजगारी सिर्जना गर्छौँ भन्ने स्पष्ट खाकासहित काम गर्नुपर्‍यो।”

उनी हरेक देशहरूले आफ्नो आन्तरिक अवस्था अनुसार विदेशी कामदारसम्बन्धी नीति बनाउने भएकाले अरुको नीतिको मारमा नेपालीहरू सधैँ पर्ने गरेकाले त्यसबाट बच्न पनि स्वदेशमै रोजगारीको वातावरण हुनुपर्नेमा जोड दिन्छन्।

मलेशियामा कति छन् नेपाली?

मलेशिया नेपाली कामदारहरूको प्रमुख श्रम गन्तव्यमध्ये एक हो र त्यहाँ लाखौँको सङ्ख्यामा नेपाली कामदारहरू काम गर्छन्।

नेपालीहरूले मलेशियामा विशेषगरी सुरक्षा गार्डस्, सरसफाइ, साना तथा मझौला उत्पादन उद्योगलगायतका क्षेत्रमा काम गर्ने गर्छन्।

नेपालीहरू दक्ष भन्दा पनि अदक्ष र अर्धदक्ष क्षेत्रमा धेरै रहेको अधिकारीहरू बताउँछन्।

उक्त देशमा करिब पाँच लाख नेपाली कामदारहरू रहेको बताइन्छ। यद्यपि तीमध्ये सबै वैध अवस्थामा त्यहाँ रहेका छैनन्।

मलेशियास्थित नेपाली दूतावासका अनुसार त्यहाँ साढे तीन लाखको हाराहारीमा वैध रूपमा रहेका नेपाली कामदारहरू कार्यरत छन्।

दूतावासले त्यहाँ पचास हजारको हाराहारीमा अवैध कामदार रहेको अनुमान गरे पनि मलेशियास्थित नेपालीहरू त्यो सङ्ख्या निकै ठूलो भएको बताउँछन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34