KFGVRFI34

महिनावारी हुदा पेट दुख्छ ? एस्ता कुराहरुमा ध्यान दिनु ,

0

महिनावारी सामान्य प्रक्रिया भएतापनि अधिकांश युवतीको टाउको दुखाई यस प्रक्रियामा हुने समस्याले दिन्छ। व्यस्त जिम्मेवारी पूरा गरी प्राकृतिक प्रक्रीयामा आइपरेको यो समस्यासँग हरेक महिना जुध्नुपर्ने बाध्यात्मक अवस्थाले रुवाउँछ धेरै युवतीलाई।महिनावारी महिलाको गर्भाशयको भित्री अस्तर रगत र ऊतक योनीबाट निष्कासन हुने प्रक्रिया हो । नेपाली विकिपिडीया लेख्छ, ”साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ । कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ।”

महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ भित्रमा सकिन्छ । हिजोआज धेरै बच्चीहरु १० वर्षमा नै महिनावारी हुने गरेका छन्।महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो सामान्य प्रक्रिया हो । हाम्रो शरीरमा भएका रागरसहरू को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ।महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना प्रजननका लागि तयार भएको सङ्केत हो। यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको

रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ।कसैको रातो रगत हलुका कालो छाँयाजस्तो रुपमा पनि बाहिर निस्कन्छ । पहिलो पटक महिनावारी सुरु हुने उमेर, प्रत्येक महिनाको महिनावारीबिचको अन्तर र महिनावारी बन्द हुने समय

प्रत्येक महिलामा फरक फरक हुन्छ । यदि कुनै युवतीको पहिलो महिनावारी १६ वर्षमा मात्र भएको छ भने पनि यसलाई सामान्य नै मान्न सकिन्छ तर यदि महिनावारी हुनु पर्ने सामान्य वर्षभन्दा ढिला भएमा डाक्टर वा स्वास्थ्यकर्मीसंग सल्लाह सुझाब सहित उपचार सेवा लिन सकिन्छ।”महिनावारी हुनुअगाडी, भएको बेला र रगत आउँदासम्म कसैलाई धेरै नै पेट दुख्ने गर्छ। महिनावारीबारे आवश्यक ज्ञान नहुँदा स्कुले किशोरीले निकै असजिलो महसुस गर्छन् ।

कसैले पढाई छाडेर घरमा नै बस्छन् । प्रायःकिशोरीहरुमा १३–१४ वर्षदेखि १७–१८ वर्षसम्मको समयमा महिनावारी नियमित हुने गरेको पाइदैन। महिनावारीको समयमा कहिले– कसैलाई धेरै रक्तश्राव भइरहेको हुन्छ भने कसैलाई कम रक्तश्राव हुने गर्छ। तर, यो सामान्य प्रक्रिया हो। झण्डै चालिस प्रतिशत किशोरीमा यस्तो समस्या देखापर्छ। तर अत्याधिक रगत देखिनुका साथै पेट दुखेको खण्डमा तपाईले चिकित्सकसँग परामर्श लिनुपर्छ ।

अनियमित हुन्छ ?

प्रथम पटक महिनावारी भइसकेपछि महिनावारी अनियमित हुन्छ । कसैमा नियमित पनि हुनसक्छ । महिनावारी सुरु हुँदा कुनै किशोरीलाई १–२ महिनासम्म पनि महिनावारी नहुन सक्छ तर बिस्तारै युवा अवस्थामा प्रवेश गरिसकेपछि महिनावारी नियमित हुँदै जान्छ।

महिनावारी हुने समयावधि ३ देखि ५ हप्ता हो । औसतमा ४ हप्ता वा महिना–महिनामा हुने हुनाले नै मिन्सुरेन्सलाई महिनावारी भन्ने गरिएको हो । यदि ५ हप्ताभन्दा पनि बढी समयमा मात्रै महिनावारी भयो भने त्यसलाई ढिलो वा अनियमित भनिन्छ । नियमित महिनाबारी अरु बेलाभन्दा अगाडि पछाडि हुने भएमा महिनावारी गडबडी भन्न सकिन्छ। यसका केहि कारण छन्।

महिनावारीको गडबडी मुख्यतः हार्मोनल कारणसँग जोडिएको हुन्छ । ओभरीमा ‘पोलिस्टिक’ हर्मोन बढेर वा थाइराइड हर्मोन बढ्नाले पनि महिनावारीमा अनियमितता देखिन सक्छ ।अथवा, अन्डाशय वा पाठेघरमा संक्रमण भएमा पनि गडबडी हुन्छ।बंशाणुगत कारणले पनि यस्ता समस्या देखिन्छ ।

शारीरिक लक्षणहरू

स्तन दुख्ने, सुन्निने र कोमल हुने।

अङ्ग प्रत्यङ्गहरू सुनिने, फुलिने र पीडा हुने ।

तल्लो पेट फुलेको जस्तो हुने ।

शरीरको तौल बढ्ने।

टाउको दुख्ने।

धपेडी हुने।

एकाग्र हुनमा कठिनाइ

ईरिटेसन हुनु

बिर्सिने बानी

आवेगशील भएर प्रतिक्रिया गर्नु र व्यवहार गर्नु

निदाउनमा कठिनाइ, निन्द्रा नलाग्नु वा निन्द्रालु हुनु

भोक र खानाको प्राथमिकतामा परिवर्तन

झनक्क झर्किनु

औषधी हुनसक्छ, तुलसीको पात र हट ब्याग

अनियमित महिनावारीको एकमात्र अचुक उपाय हो, तुलसी पत्ता सेवन । यसमा पाइने तत्वले तनाव कम गर्ने र हर्मोनको मात्रा सन्तुलन गर्न मद्दत पुर्याउने वैज्ञानिकले पत्ता लगाएका छन् । तुलसीले कोर्टिसोल हर्मोनलाई नियन्त्रण गर्छ जसले गर्दा महिनावारी नियमित हुन्छ ।

यसरी गर्नुहोस् प्रयोग

१० ग्राम तुलसीको दानामा पानी उमालेर नियमित रुपमा विहान पिउने ।

तुलसीको चिया, यसको पानी वा यसको पात खाने ।

महिनावारीको बेला पेट दुख्दैमा आत्तिहाल्नु पर्दैन। यो सामान्य प्रत्रmिया हो । हरेक महिलालाई यस्तो अवस्थामा पीडा हुन्छ फरक यत्ति हो कि यो पीडा थोरै वा धेरै हुन्छ ।महिनावारी भएको बेलामा पेट दुख्नु सामान्य लक्षण हो। अलिकति पीडा हुनासाथ औषधीको सेवन हानीकारक छ ।

यसले किशोरीलाई एकदमै धेरै पीडा दिन्छ तर यो राम्रो संकेत हो। जुन किशोरीलाई महिनावारीको समयमा पीडा हुन्छ त्यस्ता किशोरीको प्रजनन क्षमता राम्रो हुन्छ,त्यसैले महिनावारीमा पेट दुख्नुलाई नराम्रो

मान्न नहुने चिकित्सक बताउँछन् । धेरै मोटोपना र दुव्लोपनाका कारणले पनि महिनावारी नियमित नहुने समस्या हुन्छ। यस्ता समस्या भए तुरुन्तै स्वास्थ्य परीक्षण गराउनुपर्दछ। सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

कतिपय मुलुकमा महिनावारीका समयमा कामकाजी महिलालाई बिदा दिने समेत चलन समेत छ । नेपालमा त्यो चलन छैन । तर कार्यालयमा पनि तपाईँले साथीभाईको सहयोग लिएर आराम गर्न सक्नुहुन्छ । वा हलुका काम गर्न सक्नुहुन्छ ।

यो समयमा पीडा बढी भयो भने स्वास्थ्य परीक्षण गर्नुपर्छ। शरीरमा रगतको मात्रा कमी हुन दिनु हुँदैन।झोलिलो खानेकुरा खानुपर्छ ।महिनावारी भएको बेला पेट, ढाड , कम्मर दुख्नु, खपि नसक्नु पेट दुख्ने, वाकवाकि लाग्ने ,

खान मन नलाग्ने र दैनिक काम गर्न समस्या हुने हुन्छ । कतिपयलाई यो लक्षण लामो समयसम्म पनि हुन सक्छ । केहि महिलाले दुखाई सहन नसकेर आफूखुसी औषधी सेवन गर्ने गरेको पाइन्छ । तर यसो नगर्नन चिकित्सकले सुझाएका छन् ।

महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरू

१.एउटै प्याड लामाे समय प्रयोग नगर्ने


महिनावारीको बेला आफूलाई सुरक्षित र सफा राख्न हामी प्याडको प्रयोग गर्छौँ तर हाम्रो बानी के छ भने बिहान प्याड लगाएर निस्किएपछि एकै पटक बेलुका घर पुगेर मात्रै चेन्ज गर्छाै। यो काममा जाने महिला साथै कम बिल्डिङ हुने महिलाले प्राय बडि गरेको पाइन्छ । बिल्डिङ कम या जति हाेस् याे खराब बानी हाे जुन कुरा चिकित्सक तथा विज्ञानले बताएको छ । कम्तिमा पनि ३ वा ४ घण्टामा प्याड परिवर्तन गर्नै पर्ने हुन्छ । यसो नगर्दा व्याक्टेरियल इन्फेक्सनको खतरा रहन्छ । साथै सोही अवधिमा सफा पानी वा साबुन पानीले योनीलाई नियमित सफा पनि गरिरहनु पर्दछ ।
२. सामान्य एक्सरसाइज गर्ने

महिनावारी भएको बेला कडा खालका एक्सरसाइजहरु जस्तैः जिम जाने, धेरै दौडिने, योग गर्ने, भारी सामानहरु उठाउने वा शारीरिक बल पर्ने खालका कुनै पनि काम गर्नु हुँदैन । यसो गर्दा शरीरको ब्लड प्रेसर बढ्न जान्छ । जसबाट रक्तश्राव ९ब्लिडिङ० बढ्न जान्छ । तर यो समयमा हल्का एक्सरसाइज भने गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
३.ज्यादा काम नगर्ने

यो अवधिमा शरीर कमजोर बन्ने गर्दछ । त्यसैबेला धेरै तनाव लिने, लामो समयसम्म काम गर्ने वा धेरै कठिन काम गर्ने गर्दा शरीरलाई गम्भीर असर पर्दछ । जसका कारण पेट बढी दुख्ने, कम्मर दुख्ने समस्या देखापर्न सक्छ ।

४. खानामा विशेष ध्यान दिनुपर्छ

यो बेला शरीरलाई अधिक मात्रामा भिटामिनको जरुरत पर्दछ । त्यसैले शरीरलाई आवश्यक पर्ने भिटामिन युक्त खाना मात्रै खाने गर्नु पर्दछ । सेन्डविच, पिज्जा, वर्गर, चिप्स, चाउचाउलगायतका फास्टफुड वा जङ्कफुड खायो भने शरीरले आवश्यक भिटामिन र मिनरल्स प्राप्त गर्न सक्दैन । जसका कारण शरीर कमजोर हुन्छ । यसबाट अन्य रोग लाग्ने खतरा पनि उत्तिकै
रहन्छ । यसका साथै महिनावारीको अवधिमा बढी भन्दा बढी पानी पिउने, ताजा र भिटामिन युक्त खाना खाने, नियमित सफा सुग्घर रहने, दुखाइ कम गर्ने औषधि भरसक नखाने, धेरै तनावका काम नगर्ने वा तनाव नलिने गर्नु पर्दछ ।त्यसैले हामीले खानामा विशेष ख्याल राख्नुपर्दछ।
५. प्रसस्थ मात्रामा पानी पिउने

महिनावारीको अवधिमा शरीरलाई बढी मात्रामा पानीको आवश्यकता पर्दछ ।शरिर डिहाइड्रेट भए पेट दुखाइकाे मात्रा झन् बढ्न सक्छ । त्यसैले बडी भन्दा बडि मात्रामा पानीको सेवन गर्नुपर्छ।
६. पर्याप्त निन्द्रा पुगोस्

यो अवधिमा शरीरलै धेरै भन्दा धेरै आराम चहिने हुँदा पर्याप्त सुत्नु जरुरी हुन्छ । यो बेला करिब ८ घण्टा नियमित सुत्ने गर्नु पर्छ । राती धेरै बेर बस्ने, बिहान चाँडै उठ्ने गर्दा शरीरले आराम पाउँदैन र विभिन्न किसिमका समस्याहरु देखापर्दछन् जस्तै, टाउको दुख्ने, शरीर दुख्ने, पेट दुखाई बढ्ने आदि । त्यसैले यो अवधिमा पर्याप्त मात्रामा शरीरलाई आराम दिनु जरुरी छ ।
७.यौन सम्पर्क नगर्ने

महिनावारीको दौरान असुरक्षित यौन सम्वन्ध राख्नु हुँदैन किनकी यसले संक्रमणको जोखिम बढ्छ र साथै पेटको दुखाई पनि बढ्न सक्छ ।
८. सरसफाइमा विशेष ध्यान दिनुपर्छ

महिनावारी हुँदा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ। सरसफाइमा ध्यान दिइएन भने गन्हाउने सेतो पानी बग्ने, योनी चिलाउने, पिसाब पोल्ने तथा संक्रमण हुन सक्छ। सफाइको कमीले यौनांगमा घाउ भई हिँड्न गाह्रो हुन्छ। यौनांग सफा पानीले धुुनुपर्छ। रगत लागेको छ भने मनतातो पानीले धुुनुपर्छ। यो बेलामा पानीमा फिट्किरी हालेर पनि यौनांग सफा गर्न सकिन्छ। नुहाएर सफा बन्नुपर्छ।
९.पेट नदुख्ने औसधिको सेवन नगराैँ

महिनावारीका क्रममा केही महिलाहरुलाई असैह्य पीडा हुन्छ । पीडाबाट मुक्ति पाउनका लागि उनीहरु पेनकिलर खाने गर्छन् । तर यस्तो बेलामा धेरै औषधिको सेवन हानीकारक हुन सक्छ । यसले किड्नी र फोक्सोलाई असर गर्छ । पीडाबाट छुटकारा पाउनका लागि तातो पानीले सेक्नु उचित हुन्छ ।
१०.महिनावारी गडबडीकाे ख्याल गराैँ

महिनावारीको दौरानमा गुप्ताङ्गबाट रगत बग्छ । तर कसैकसैको हकमा रगतको ढिक्का पनि निस्कन्छ । यसलाई आमरुपमा लिनु हुँदैन । यस्तो समस्या आएको खण्डमा वेवास्ता नगरी डाक्टरकहाँ जानुपर्दछ ।धेरै महिलाहरु आफ्नो मासिक धर्मको डेट याद राख्दैनन् । यही कारणले फेरि कहिले महिनावारी हुन्छ भन्ने उनीहरुलाई आँकलन हुँदैन । महिनावारीको अनुमान नहुँदा उनीहरुले दुख पाउँछन् । त्यसैले महिनावारी भएको डेट याद राख्नुपर्छ । महिनावारी नियमित नभएको खन्डमा डाक्टरकहाँ परामर्श लिन जानुपर्छ ।

११. सुतिकाे कपडाकाे प्रयोजन
लगातार सधैं बजारु प्याड भन्दा सफा सुतिकाे प्रयाेजन पनि राम्रो हुन्छ । केही वैज्ञानिक खाेजले बजारु प्याडकाे अधिक प्रयाेजनले इन्फेकसन हुने र अन्य अरु समस्या आउने बताएको छ। त्यसैले सफा सुतिकाे प्रयाेजन बडाउ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34