KFGVRFI34

के विवाहपछि मानिस मोटाउछ ? रोचक कारणहरु

0

धेरै मानिसहरु विवाहका लागि मोटाउने वा दुब्लाउने गर्दछन् । विवाहमा आर्कषक देखिन शरीरलाई सन्तुलनमा ल्याउन धेरैले निकै मेहनत गर्दछन् ।तर विवाहपछि भने मानिसहरु शरीरको फिटनेसमा वास्ता गर्दैनन् । त्यसैले पनि अधिकांश मानिस विवाहपछि अस्वभाविक रुपले मोटाउने गर्दछन् । अरु के के कारणले मानिसहरु विवाहपछि मोटाउछन् त ?

१. ब्यायाम नहुनु:विवाहअघि शरीरलाई सन्तुलनमा ल्याउन ब्यायाम गर्नेहरु विवाहपछि भने शारीरिक बनावट, डाइट र फिटनेसमा ध्यान दिँदैनन् । जसका कारण विवाहपछि मानिसहरु अस्वभाविक रुपमा मोटाउने गर्दछन् ।

२. ढिलो विवाह: मानिस मोटाउने उमेर भनेको औसतमा ३० बर्षपछि शुरु हुन्छ । र, आजकाल धेरै मानिस सेटल भएपछि वा ३० बर्षको हाराहारीमा विवाह गर्दछन् । जबकी ३० वर्षको उमेरपछि हाम्रो शरिरमा मेटाबोलिजमको रेट कम हुन गइ तौल बढ्न थाल्छ ।

३. हर्मोनल परिवर्तन:विवाहपछि मानिसको दैनिकी र जीवनशैली परिवर्तन हुन्छ । जसले शरीरमा थुप्रै हर्मोनल परिवर्तन हुन्छन् । जसका कारण मानिसहरु विवाहपछि अस्वभाविक रुपमा मोटाउने गर्दछन् ।

४. अनिन्द्रा: विवाहपछि मानिस मोटाउनुको अर्काे कारण भनेको अनिन्द्रा हो । विवाहपछि मानिस निकै व्यस्त हुने भएकाले उनीहरु पर्याप्त निदाउन पाउँदैनन् । अध्ययन अनुसार नियमित ६ घण्टाभन्दा कम सुत्ने मानिसको शरीरमा मेटाबोलिजम कम हुन्छ, जसको कारणले मानिस मोटाउने गर्दछन् ।

५. तनाव बढ्नु: विवाहपछि मानिसको जीवनमा आएका परिवर्तनहरुले कतिपय विवाहिताहरु तनावमा हुने गर्दछन् । तनावमा भएका मानिसमा भोक ज्यादा हुन्छ र उनीहरु असन्तुलित खानपान गर्दछन् र मोटाउने गर्दछन् ।

६. अन्य कारण: विवाहपछि मानिसहरु भेटघाट तथा घुमघाममा जादा बढी मात्रामा अनेकौं परिकारहरु खानुपर्ने हुन्छ । बाहिरको खानामा क्यालोरीको मात्रा अधिक हुन्छ । साथै, हेभी खानाले स्वतः शरीरको वजन बढाउने गर्दछ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34