KFGVRFI34

मापसे गरेर गाडी चलाउँदा कार पुलबाट तल खसेको छ ,

0

दाङ–दाङको घोराही स्थित कटुवाखोलाको पुलबाट कार खसेको छ। सोमबार साढे ९ बजेतिर कटुवाखोलामा खसेको प्रहरीले बताएको छ।

घोराही-लमही सडक खण्डअन्तर्गत कटुवा खोला पुलबाट सोमबार राति साढे ९ बजेतिर बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्बरको कार तल खसेको थियो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले कार अनियन्त्रित भएर पुलबाट खसेको बताए। उनका अनुसार चालक केसीको निधार र छातीमा चोट लागेको छ।

उनको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। कारमा केसी एक्लै रहेको प्रहरीले जनाएको छ।

कार चालक ललितपुर महानगरपालिका १५ घर भएका उज्ज्वल केसी सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मापसे गरेर गाडी चलाउँदा खसेको र मानविय क्षति नभएको प्रहरीले जनाएको छ। घाइते केसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

 

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34